३० चैत्र, २०८१
कैलाली । कर्णाली नदीमा एक पुरुषको शव फेला परेको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी क्षेत्रको कर्णाली नदीमा करिब ५२ वर्ष जस्तो देखिने पुरुषको शव फेला परेको हो ।
कर्णाली नदीमा बग्दै आएको पुरुषको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले नदीबाट पुरुषको शव निकालेको छ ।
शव केही दिन पहिलाको जस्तो देखिएको र नदीमा पानीको सतह बढेकाले पहाडी जिल्लाबाट शव बगेर आएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
कालो रङ्गको कट्टु र खैरो रङ्गको सर्ट लगाएका उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कान्द्रा नदीमा डुबेर बालकको मृत्यु कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका वडा नम्बर ११ को सिसैयामा कान्द्रा नदीमा डुबेर सोही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिनुभयो ।
उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।