डोल्पाको दुनै देखि चिनको सिमाना सम्मको सडक ट्र्याक खोल्न माग गर्दै डोल्पाका जनप्रतिनिधि काठमाडौमा

  • नमस्ते कर्णाली

  • २९, चैत्र २०८१

    डोल्पा।डोल्पाको सदरमुकाम दुनै देखि चीनको सिमाना जोड्ने सडकको ल्यासिक्याप-सिसौल सड्क ट्रयाक खोल्न माग गर्दै डोल्पाका जनप्रतिनिधि काठमाण्डौ पुगेका छन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ल्यासिक्याप-सिसौल सड्क ट्रयाक खोल्न बजेट शुनिस्चित गरिदिन र निर्माणका लागि नेपाली सेनालाइ जिम्मा दिनुपर्ने भन्दै मन्त्रीको ध्यानकार्षण गराएका हुन । ल्यासिक्याप-सिसौल करिव ३० किलोमिटर सड्क ट्रयाक खुल्न सकेको छैन ।

    बिहिवार डोल्पा जिल्लाका संघिय सांसद  पूर्व शहरी विकाश मन्त्री  धन बहादुर बुढाको नेतृत्वमा काईके गाउँपालिकाका अध्यक्ष अंगद कमार राना,डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमाधोर्चे गुरुङ्ग र अन्य पदाधिकारीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाइ लिखित रुपमा ध्यानकार्षण गराएको काइके गाउँपालिकाका अध्यक्ष अंगद कुमार रानाले जानकारी दिए । अध्यक्ष रानाका अनुसार हालसम्म पनि यो क्षेत्रमा सड्कको ट्रयाक खोल्न नसक्दा नागरिकले दुख पाइरहेको हुदा जिल्लावाट नेतृत्व गर्ने संघिय सांसद सहित उक्त सड्क खण्डमा जोडीएका दुई पालिकाका जनप्रतिनिधिले मन्त्रालयमा मन्त्रीलाइ नै ध्यानकार्षण गराए बताए । सड्क खोल्ने बिषयमा मन्त्रालयमा भएको छलफल सकरात्मक रहेको र उत्साहजनक रहेको रानाले सुनाए ।

    दुनै-ल्यासिक्याप-सिशौल-धो-मरिम्ला सड्क खण्ड अन्तरगत दुनैदेखी ल्यासिक्याप सड्क निर्माणको काम भइ रहेको छ भने सिशौल देखी धो हुदै चिनको मरिम्ला सम्म सड्कको ट्रयाक खुली सकेको छ । अव ल्यासिक्याप-सिसौल सड्क खण्डको ३० किलोमिटर सड्क खोल्न बजेट शुनिस्चत गरेर निर्माणको काम नेपाली सेनालाइ जिम्मा दिन पहल गरिदिन भौतिक पूर्वाधार मन्त्रीलाइ नै भेटेर ध्यानकार्षण गराएको डोल्पा जिल्लाका प्रतिनिधि सभा सदस्य पूर्व शहरी विकास मन्त्री धन बहादुर बुढाले जानकारी दिए । पूर्व मन्त्री बुढाले भने यो खण्डमा ३० किलोमिटर सड्क कडा चट्टान रहेकोले नेपाली सेनालाइ नै निर्माणको जिम्मा दिनु पर्ने र धेरै प्रकृया पूरा भईसकेको र बजेट सहित थप पहल गरिदिन भौतिक मन्त्रीलाइ भेटेका हो ।
    डोल्पाका जनप्रतिनिधि सहितको टोलीलाइ  भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले उक्त सड्क निर्माणको लागि नेपाली सेनासँग छलफल हुने र सड्क निर्माणको लागि लाग्ने कुल लागत निकालेर प्रकृया अघि बढाउने गरी बचनबद्धता गरेको पूर्व मन्त्री बुढाले बताए । बुढाले भने मन्त्रालय सकारात्मक छ आगामी आर्थिक बर्षमा बजेट सुनिश्चित गरेर कामको प्रकृया अघि बढाउनेमा बिश्वस्त हुने मन्त्रीले प्रतिबद्धता समेत जनाउनु भयो हामी आशावादी छौ ।   भेटघाट डोल्पा जिल्लाको समग्र विकास, पूर्वाधार विस्तार र दीर्घकालीन योजनाहरूप्रति संघिय सरकारको प्रतिबद्धता निकै उत्साहजनक रहेको भन्दै डोल्पावाट मन्त्रालय पुगेका जनप्रतिनिधि उत्साहित छन । माथिल्लो डोल्पाका नागरिकले निकै कष्टर यात्रा गरीरहेका छन भने जोखिम मोलेर खच्चडमा महगो भाडा तिरेर दैनिक उपभोग्य सामाग्री,निर्माणका सामाग्री र खाद्यान्न ढुवानी गरि रहेका छन ।

  • २८ चैत्र २०८१, शुक्रबार १३:३८ प्रकाशित

  • Nabintech