बाँके यातायात कार्यालयमा नक्कली लाइसेन्स काण्ड : चार जना पक्राउ, मासिक तीन करोडभन्दा बढीको घोटाला खुलासा

  • नमस्ते कर्णाली

  • २८ , चैत्र २०८१
    बाँके ।नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ। उक्त गिरोहमा संलग्न रहँदै आएका चार जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय नेपालगञ्जका कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका सञ्चालक शरदकुमार गोराथोकी रहेका छन्।

    बाँके जिल्लाका विभिन्न स्थानबाट बुधबार उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो।

    टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय र बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

    प्रवक्ता पौडेलका अनुसार यातायात कार्यालयका कर्मचारीहरूले मासिक तीन करोड रुपैयाँभन्दा बढी रकम असुली गर्दै नक्कली लाइसेन्स वितरण गर्दै आएको उजुरीपछि अनुसन्धान टोली परिचालन गरिएको थियो।

    टोलीले अनुसन्धानको क्रममा विद्युतीय उपकरणहरू समेत बरामद गरेको छ भने हाल उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ।

     

     

  • २७ चैत्र २०८१, बिहीबार ११:३३ प्रकाशित

  • Nabintech