२७ चैत्र, २०८१
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरीमा नेपाल टेलिकम को NT FTTH सेवा विस्तार गर्न थालिएको छ ।
नेपाल टेलिकमको नियमित सेवा विस्तार गर्ने कार्यक्रम अनुसार हाल डोल्पामा नेपाल टेलिकमले आफ्नो सेवा विस्तारमा तीव्रता दिएको छ । मङ्गलवार त्रिपुरासुन्दरी मा नेपाल टेलिकम को NT FTTH सेवा विस्तारको कार्य थालनी गरेको हो । नेपाल टेलिकम को NT FTTH सेवा सुचारु भएसँगै त्रिपुरा सुन्दरी नगरपालिका बगर बजार क्षेत्रका नागरिकले हुदैं द्रुत गतिको ईन्टरनेट र फोन सेवा उपभोग गर्न पाउने भएका छन् ।
नेपाल टेलिकमले त्रिपुरासुन्दरी नगरपालिकाको टावरबाट बगरमा रहेको वस्तिमा नेटवर्क गरि वितरण गरिने र राडिज्युलावाट आएको एडिएसएस फाइवर लिङ्कसँग समेत कनेक्शन गरिने द्रुत गतिको ईन्टरनेट र टेलिफोन सेवा दिने दूरसञ्चार कार्यालय डोल्पाका टेलिकम टेक्निशियन नवराज भट्टराईले जानकारी दिनुभयो । टेक्निशियन भट्टराईका अनुसार नयाँ वर्ष २०८२ को वैशाख महिनामा त्रिपुराकोट बगर बजार क्षेत्रका सर्वसाधारण ग्राहकलाई वितरण गर्ने तयारी रहेको र पहिलो पटक त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर १ र वडा नम्वर ३मा वितरण गरिने बताउनुभयो ।
नेपाल टेलिकम को NT FTTH सेवा सुरु भएसँगै ग्राहकले अब नेपाल टेलिकमको द्रुत गतिको न्युनतम (50Mbps देखी अधिकतम 1Gbps सम्मको ) इन्टरनेट NTTV, टेलिफोन लगायतको सेवा दिन नेपाल टेलिकम तयार रहेको दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दया बिक्रम केसीले जानकारी दिनुभयो। अहिले ५ सय १२ लाइन क्षमताको डिभाइस राखिएको छ वैशाखमा त्रिपुराकोट बजार क्षेत्रमा विस्तार गर्ने र माग अनुसार नजिकका गाउँहरूमा वितरण गर्न सकिने कार्यालय प्रमुख केसीले बताउनुभयो । हाल नेपाल टेलिकमले नेपाल टेलिकम को NT FTTH सेवा ठुली भेरी नगरपालिकाको वडा नम्बर ३ र ४ अनि वडा नम्बर ७,८र९ मा सेवा दिई रहेको छ ।
यसका साथै त्रिपुरा सुन्दरी नगरपालिकाको वडा नम्वर ५ को ल्हाँमा रहेको नेपाल टेलिकमको टावरमा ब्याट्रीको समस्याले गर्दा नागरिकले मोबाइल फोनको सेवा लिनबाट बञ्चित रहेका छन् । नागरिकले गुनासो गरिरहेका छन् तर सम्बन्धित निकायले गम्भीरतापूर्वक नलिएकोले महिना दिन देखी नागरिक दिनमा घाम लागेको बेला मात्रै मोबाइल सेवा पाउने गरेको बताउँछन्