जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख ६ गते निर्णायक वार्ता

  • नमस्ते कर्णाली

  • २७, चैत्र २०८१
    बाँके ।डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच २०८२ वैशाख ६ गते निर्णायक वार्ता हुने भएको छ ।
    आगामी वैशाख ६ गते पार्टी एकतालाई टुंग्याउने गरी वार्ता हुने नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् । यसअघि पनि निर्णायक वार्ता गर्न जनमत अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी आ-आफ्नो कार्यदलसहित बाँके आईपुगेका थिए । तर, वरीयतामा कुरा नमिल्दा वार्ता स्थगित गर्नु परेको बताइएको छ ।
    ‘बाँके वार्तामा कुरा मिलेन, अध्यक्ष श्रेष्ठले भनिन् ‘वरीयतामा कुरा मिलेन, अब ६ गते गर्छौ ।’ स्रोतका अनुसार अध्यक्ष श्रेष्ठकै वरीयतामा कुरा नमिलेको हो । एकीकृत पार्टीको संरक्षक चौधरी, कार्यकारी अध्यक्ष राउत र सहअध्यक्ष श्रेष्ठ भनेर क्रमशः वरीयता बाँड्ने निर्णय भएको थियो । तर, उक्त निर्णयका प्रति श्रेष्ठले असहमति जनाइन् । यसपछि वार्ता स्थगित भएको हो ।

  • २६ चैत्र २०८१, बुधबार ११:५० प्रकाशित

  • Nabintech