प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

  • नमस्ते कर्णाली

  • २६, चैत्र २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशसभामा सम्बोधन गर्दैछन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहान ११:३० बजे जनकपुर पुगेर मधेश प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

    प्रदेशसभामा सम्बोधनका लागि जनकपुर पुग्दा प्रधानमन्त्री ओली थप केही कार्यक्रममा सहभागी हुनेछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले दिउँसो १:३० बजे सिरहाको सदरमुकाम पुगेर शहीद हेमनारायणा यादवको शालिकमा ममाल्यार्पण गर्नेछन् ।

     

    त्यसैगरी प्रधानन्त्री ओलीले सिरहा सदरमुकाममै रहेको सूर्यनारायण सत्यनारायणा मरवेत्ता यादव क्याम्पसमा आयोजित आमसभालाई सम्बोधनसमेत गर्ने कार्यक्रम तय भएको छ ।

     

     

     

  • २५ चैत्र २०८१, मंगलवार १०:४२ प्रकाशित

  • Nabintech