बाँके जिल्लाका महत्वपूर्ण योजनाहरूका लागि बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीसङ्ग बाँकेका जनप्रतिनिधिको आग्रह

  • नमस्ते कर्णाली

  • १५, चैत्र २०८१
    बाँके। बाँके जिल्लाका महत्वपूर्ण विकास योजनाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने माग राख्दै स्थानीय जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसमक्ष औपचारिक अनुरोध गरेका छन्।

    सांसद सूर्य ढकाल, सांसद दीपा शर्मा, नेकपा एमाले बाँकेका इन्चार्ज शान्ति ढकाल, केन्द्रीय सदस्य मोहम्मद हारुन हलुवाई, नेकपा एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङ, सचिव बलराम भट्टराई, उपसचिव किशोर थापा, खेमराज शर्मा, कुस्माखर बस्याल, अङ्कित श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, कोहलपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष माधव रिजाल, भारतिय खनाल, केसब शाहीसहित विभिन्न नेताहरूले हस्ताक्षरित पत्रमार्फत प्रधानमन्त्रीलाई आवश्यक बजेट सुनिश्चित गर्न आग्रह गरेका छन्।

    बजेटको प्राथमिकता पाएका प्रमुख योजना:

    राष्ट्रिय गौरवको योजना सिक्टा

    नौबस्ता औद्योगिक क्षेत्रको विकास

    खजुरा क्यान्सर अस्पतालको स्तरोन्नति

    लुम्बिनी प्रादेशिक प्राविधिक विश्वविद्यालयको स्थापना

    भेरी अस्पतालको स्तरोन्नति

    नेपालगञ्ज एयरपोर्टको स्तर उन्नति

    कोहलपुर क्रिकेट मैदानको निर्माण

    बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा तारबार निर्माण

    महानगरपालिका तथा स्थानीय सडक, पुल तथा तटबन्धन निर्माण

    कोहलपुर जैविक पार्क, कोहलपुर रिङ्गरोड, आधुनिक सुविधा सम्पन्न बाल अस्पताल, सिटी हल निर्माण

    कोहलपुर खेलकुद विश्वविद्यालयको स्थापना

    नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न पूर्वाधार परियोजनाहरू

    बाँके जिल्लाका जनप्रतिनिधिहरूले यसअघि पनि यी योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन संघीय सरकारसँग आग्रह गर्दै आएका थिए। उनीहरूले बाँके जिल्लालाई समग्र रूपमा विकसित गर्न आवश्यक स्रोतसाधनको व्यवस्थापनमा सरकारको ध्यान जानु आवश्यक रहेको बताएका छन्।

    जनप्रतिनिधिहरूको भनाइमा, बाँके जिल्ला भौगोलिक रूपमा महत्वपूर्ण क्षेत्र भएकाले यहाँका पूर्वाधार परियोजनाहरूलाई उच्च प्राथमिकता दिई बजेट सुनिश्चित गरिनुपर्छ। उनीहरूले सरकारलाई सम्बोधन गर्दै जिल्लामा ठूला तथा दीर्घकालीन योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न शीघ्र बजेट व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

  • १४ चैत्र २०८१, शुक्रबार ०७:५८ प्रकाशित

  • Nabintech