एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशको बैठक सम्पन्न भएको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ,कर्णाली प्रदेश कमिटीको आयोजनामा सुर्खेत वीरेन्द्रनगर स्थित जिल्ला समन्वयको हलमा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि नेकपा(एमाले ) स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीले उद्घाटन गर्नु भएको हो । बैठकमा बिशेष अतिथिको रुपमा नेकपा( एमाले) स्थायी कमिटी सदस्य एवम् लोकतान्त्रिक आदिवासी जनजाति महासंघका इन्चार्ज थममाया थापा, अतिथिहरु नेकपा(एमाले) केन्द्रीय सदस्य एवम् लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय अध्यक्ष अध्यक्ष पासाङ शेर्पा, केन्द्रीय सदस्य मीनासिङ रखाल,प्रदेश अध्यक्ष गुलावजङ्ग शाह,लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव देवराज राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
बैठकले प्रदेश खगेन्द्र बहादुर गुरुङको संयोजकत्व्मा अधिबेशन आयोजक कमिटी गठन गरेको छ । जिल्ला,पालिका र वडाका बैठकले सम्मेलन गर्ने र पार्टी अभियानसंग जोडिएर कामहरू अघि बढाउने लगायतको कार्ययोजना निर्माण गरेको छ । बैठक कमिटीका अध्यक्ष खगेन्द्र बहादुर गुरुङको अध्यक्षतामा बसेको थियो ।