प्रेस चौतारी नेपालको महाधिवेशन आजबाट, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

  • नमस्ते कर्णाली

  • १०, चैत्र २०८१

    विराटनगर  । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने केन्द्रीय महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेपछि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    आजबाट सुरु हुने महाधिवेशनका संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधिहरू विराटनगर आइ पुगिसकेका छन । माउ पार्टी नेकपा एमालेका नेता तथा महाधिवेशन प्रतिनिधिहरू समेत धेरै जसो आज नै महाधिवेशन स्थलमा आइसक्ने जनाइएको छ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिए ।

     

    अतिथी, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई भने आज र भोलीका लागि आवासको व्यवस्था गरिएको छ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन यस महाधिवेशनले गर्ने महासचिव लामाले जानकारी दिएका छन् ।
    चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन । जसअनुसार उपाध्यक्ष राजेश राई र गणेश पाण्डेले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन् । अहिलेसम्म राई र पाण्डे बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

    अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत चयनको लागि प्रयासमा लागेको छ । संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने जनाइसकेका छन् ।

  • ९ चैत्र २०८१, आईतवार ११:२० प्रकाशित

  • Nabintech