बाँकेको कोहलपुर नगरपालिका १२ मा रहेको ज्ञानकुञ्ज ई.मि स्कुलले ८ औ वार्षिकोत्सव मनाएको छ ।
शुक्रबार कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ज्ञानकुञ्ज ईमि स्कुलका एमडी महेन्द्र कार्कीको सभापतित्वमा ८ औ वार्षिकोत्सव मनाएको हो ।
प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका १२ का वडा अध्यक्ष शाहले शैक्षिक हव बनाउने योजनालाई सफल बनाउन यहाँहरुको सहयोग आवश्यक रहेको बताए ।
‘कोहलपुरमा शिक्षामा कुनै सम्झौता नगरी गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान हुन्छ भन्ने बनाउनुछ,’ उनले भने ‘जसका लागि परिक्षा प्रणाली र पठनपाठनलाई कडाई गर्दै लैजानुपर्नेछ ।’तत्काल कोहलपुरका सबै सामुदायिक र संस्थागत विद्यालयमा सिसि क्यामरा जडान भइसकेका छन् जसले विद्यार्थी र शिक्षकलाई नजिकबाट नियाल्दै शिक्षामा सुधार गर्न यो योजना बनाएको उनको भनाई थियो ।
यस्तै कोहलपुर नगरपालिका सामाजिक विकास समिति ईश्वरी प्रसाद विश्वकर्माले शिक्षा क्षेत्रमा बौद्धिक व्यक्तित्व र शैक्षिक व्यक्तित्व हुँदा र नहुँदा निकै फरक पर्ने बताए । कोहलपुरकै संस्थागत विद्यालय वेष्टर्न माविमा अध्ययन गरी अहिले आफ्नै विद्यालय सञ्चालन गरिरहेका एमडी महेन्द्र कार्कीलाई थप उर्जा दिँदै आगामी दिनहरुमा जस्तो सुकै परिस्थितिमा पनि साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
यस्तै क्रिसा बाँकेका अध्यक्ष तथा एन प्याब्सन जिल्ला सचिव वेग प्रकाश चन्दले परिक्षाको समयमा बालबालिकाहरुलाई मनोविज्ञानिक त्रास बनाउने वातावरण तयार नगर्ने अनुरोध गरेका छन् । परिक्षा हुँदा सिसि क्यामरा जडान गरिएको र अन्य समयमा सिसि क्यामरा कहाँ हुन्छन् ? त्यसबाट पठनपाठन भए नभएको जानकारी नहुने तर परिक्षा प्रणालीमा मात्र प्रयोग नगर्ने चन्दले अनुरोध गरेका छन् ।
यस्तै विद्यालयका एमडी महेन्द्र कार्कीले आगामी योजना र रणनितिहरु प्रस्तुत गरेका थिए । आगामी शैक्षिक सत्रबाट कक्षा १ देखि माथिका कक्षाहरुमा डिजिटल बोर्ड र विज्ञान प्रयोगशालाको माध्यमबाट अध्ययन÷अध्यापन गराउने बृहत योजना रहेको बताए ।
बालबालिकालाई गुस्तरीय शिक्षा प्रदान गरिरहेका छौं भन्ने कुरामा विश्वस्त रहेको बताउँदै अभिभावक ज्यूहरुको माया, स्नेह, ममता, विश्वासलाई कहिलै टुट्न दिने छैनौ, अझै थप अभिभावक ज्यूहरुले नयाँ कार्यक्रम, नयाँ योजना भए ल्याउन र त्यसलाई कार्यान्वनका लागि हामी प्रतिबद्ध रहेको कार्कीले बताए ।
कार्यक्रममा कोहलपुर नगर शिक्षा शाखाका अधिकृत रविलाल मिजार, कोहलपुर माविका प्रअ शकर न्यौपाने, नेशनल प्याब्सनका केन्द्रिय कोषाध्यक्ष कुवेर बस्नेत लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
बालबालिकाहरुले नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गि’ जस्तै गरेर नाटक प्रस्तुत गरेका थिए । बाआमाले छोराछोरीको पठनपाठनप्रति गरेको संघर्षको कथा देखाएइको थियो । कक्षा नसर्री देखि ८ कक्षासम्मका बालबालिकाहरुले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका १२ का वडा सदस्य पानसरा बाठा एन प्याब्सन कोहलपुर नगर अध्यक्ष विष्णु केसी, प्याब्सन कोहलपुरका सचिव मित्रलाल वली लगायत विद्यार्थी, अभिभावक र शिक्षकको समेत उपस्थित रहेको थियो ।