नेपालगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु प्यानलनै बिजयी

  • नमस्ते कर्णाली

  • ६, चैत्र २०८१
    बाँके ।नेपालगन्ज नर्सिङ क्याम्पसमा सम्पन्न विद्यार्थी संघको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानल विजयी भएको छ।

    मंगलवार राति सम्पन्न मतगणनामा अनेरास्ववियुकी देवर्चना अधिकारी २३४ मतसहित सभापतिमा निर्वाचित हुनुभएको छ। यसैगरी, सचिवमा ईसा पौडेल, कोषाध्यक्षमा अस्मिता सिंह विजयी भएका छन्।

    क्याम्पस प्रशासनका अनुसार अनेरास्ववियुले सचिव, कोषाध्यक्षसहित सम्पूर्ण पदमा जित हात पारेको छ। निर्वाचित अन्य सदस्यहरूमा स्मृति घिमिरे, सूचना धिताल, निलम सुनार, एन्जल शाही र यशोदा खड्का रहेका छन्।

    निर्वाचन परिणामपछि विजयी प्यानलले विद्यार्थी अधिकार र शैक्षिक सुधारका लागि प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ।

     

  • ५ चैत्र २०८१, बुधबार १०:२५ प्रकाशित

  • Nabintech