अछामको बाटुलासैन केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प

  • नमस्ते कर्णाली

  • ५, चैत्र २०८१

    अछाम ।अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर मंगलबार बिहान ६:३३ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको धक्का अछाम र आसपासका जिल्लामा महसुस गरिएको थियो।

    यसअघि फागुन २४ गते बागलुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय साना तथा मध्यम परिमाणका भूकम्प गइरहेका छन्, जसले भूगर्भीय गतिविधि सक्रिय रहेको संकेत गर्छ।

    नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र रहेकोले नियमित भूकम्पीय गतिविधि मापन तथा आपत्कालीन पूर्वतयारीलाई प्राथमिकता दिन विज्ञहरूले सुझाव दिएका छन्। हिमालय क्षेत्रमा पर्ने भएकाले नेपाल भूकम्पको उच्च जोखिममा रहँदै आएको छ। त्यसैले सचेत रहनु आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

  • ४ चैत्र २०८१, मंगलवार १३:०७ प्रकाशित

  • Nabintech