राउटे समुदायमा फेरि एक शिशुको मृत्यु, मदिरा सेवनकै कारण मृत्यु दर बढ्दो

  • नमस्ते कर्णाली

  • ४, चैत्र २०८१
    सुर्खेत ।राउटे समुदायका दुई महिने शिशुको मृत्यु भएको छ। बलबहादुर शाहीका छोरा रानीघाट शाहीको हिजो राति मृत्यु भएको हो।

    सोसेक नेपालबाट सञ्चालित राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद विसीका अनुसार शिशु कुनै गम्भीर बिरामी थिएनन्। तर, आमाबाबुले अत्यधिक मदिरा सेवन गर्ने, समयमा बच्चाले दूध नपाउने र उचित स्याहार-सम्भार नहुँदा शिशुको ज्यान गएको बताइएको छ।

    राउटे समुदायमा पछिल्लो समय मदिरा सेवनकै कारण मृत्युदर बढ्दै गएको र जन्मदर घट्दो क्रममा रहेको विसीले जानकारी गराए। यो समुदायको जनसङ्ख्या दुई महिने शिशुको मृत्यु भएसँगै १३७ बाट घटेर १३६ मा पुगेको छ।

    विशेषज्ञहरूका अनुसार समुदायको अस्तित्व जोगाउन अब सचेतना कार्यक्रम, मदिरा नियन्त्रण, र मातृत्व स्वास्थ्य सेवामा सुधार आवश्यक देखिएको छ।

  • ३ चैत्र २०८१, सोमबार १६:०३ प्रकाशित

  • Nabintech