१, चैत २०८१
काठमाडौं । प्रधानमन्त्री (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा सुदूरपश्चिम प्रदेश र बागमतीले प्रतिस्पर्धा गर्दैछ ।
जारी प्रतियोगितामा बागमती प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम प्रदेश ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा सशस्त्र प्रहरी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा पुलिस र एपीएफ दुवैले आफ्ना शुरुका दुवै खेल जितेर ४-४ अंक हासिल गरेका छन् । दुवै खेल बिहान ९ बजे सुरु हुने छन् ।