हुम्लामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खस्दा एक महिलाको मृत्यु, चार घाइते

  • नमस्ते कर्णाली

  • २८, फल्ल्गुन २०८१

    हुम्ला।हुम्लाको सर्केगाड गाउँपालिका–७ मा घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार २८ वर्षीया नेत्रकला जैसीको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका डिएसपी शंकर पोखरेलले घटनाको पुष्टि गर्दै माटो निकाल्ने क्रममा ढिस्को खसेपछि उनीहरू पुरिएको जानकारी दिए।

    घाइते हुनेहरूमा तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी रहेका छन्। उनीहरू सबै २५ देखि २८ वर्ष उमेर समूहका हुन्। घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    स्थानीयहरूका अनुसार पहाडी भेगका घरमा माटो पोतेर संरक्षण गर्ने परम्परा छ, जसका लागि विशेष किसिमको माटो खन्ने गरिन्छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

  • २८ फाल्गुन २०८१, बुधबार १९:१३ प्रकाशित

  • Nabintech