बाँकेका स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सार्वजनिक, राप्तीसोनारी पहिलो

  • नमस्ते कर्णाली

  • २७, फाल्गुन २०८१

    बाँके जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन, संस्थागत क्षमता स्वमूल्यांकन (लिजा), र वित्तीय सुशासन जोखिम मूल्यांकन को नतिजा सार्वजनिक भएको छ।

    कार्यसम्पादन मूल्यांकन (२०८१/८२) अनुसार राप्तीसोनारी गाउँपालिका ६०.०१ अङ्कसहित पहिलो स्थानमा रहेको छ। बैजनाथ गाउँपालिका (५९.२७) र कोहलपुर नगरपालिका (५८.२१) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपालगञ्ज उपमहानगरपालिका ४६.८९ अङ्कसहित सातौँ स्थानमा रहेको छ भने जानकी गाउँपालिका (४३.५९) अन्तिम स्थानमा परेको छ।

    संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा डुडुवा गाउँपालिकाले ९५.२५ अङ्क प्राप्त गर्दै अग्रस्थान हासिल गरेको छ। खजुरा गाउँपालिका (९१.२५) र राप्तीसोनारी गाउँपालिका (९०.७५) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नरैनापुर गाउँपालिकाले शून्य अङ्क प्राप्त गरेको छ।

    वित्तीय सुशासन जोखिम मूल्याङ्कन मा पनि राप्तीसोनारी गाउँपालिका ९९.५ अङ्कसहित पहिलो स्थानमा रहेको छ। खजुरा गाउँपालिका (९०) र जानकी गाउँपालिका (८८.५) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाले शून्य अङ्क प्राप्त गरेका छन्।

    यो मूल्याङ्कन स्थानीय तहहरूको सेवा प्रवाह, सुशासन, र आर्थिक पारदर्शिताको मापन गर्न गरिने सूचकहरूमध्ये एक हो।

  • २७ फाल्गुन २०८१, मंगलवार ११:०८ प्रकाशित

  • Nabintech