गणतन्त्रको रक्षा गर्न परिवर्तनकामी शक्तिहरु एकजुट हुन आवश्यक- बोगटी

  • नमस्ते कर्णाली

  • नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज गोरखबहादुर बोगटीले गणतन्त्रको रक्षा गर्न परिवर्तनकामी शक्तिहरु एकजुट हुन आवश्यक रहेको बताउनु भएको छ ।
    आफ्नो फेसबुक वालमा लेख्दै करिब दुईसय पचास बर्षसम्म नेपाली जनताले तत्कालीन निरंकुशतन्त्रबाट सास्ती भोग्नुपरेको तीतो यथार्थतालाई आजका न्यायप्रेमी एवम् सचेत नेपाली जनताले अवश्य पनि भुलेका छैनन् ।
    मानवसागररुपी संयुक्त जनआन्दोलनको बलबाट बडारेर चिहानमा पुर्याएको राजतन्त्र फेरि फर्केर आउँछ भनेर कोही कसैले दिवासपना नदेखे हुन्छ । यो भ्रममा परेर कोहीकसैले आफ्नो मुल्यवान समयलाई खेर नफालौं ।
    गणतन्त्रको विकल्प राजतन्त्र हुनैसक्दैन भन्ने ध्रुवसत्य तथ्यलाई विश्वास गरौं । गणतन्त्रको रक्षा गर्न र यसलाई थप सुदृढ बनाउन परिवर्तनकामी शक्तिहरु एकजुट भएर शशक्त ढंगले लाग्नु पर्ने बताउनु भएकोछ ।

  • २६ फाल्गुन २०८१, सोमबार ०९:१६ प्रकाशित

  • Nabintech