नेकपा एमालेले अहिले देशभरी ३ महिने जरा केन्द्रीत अभियान चलाएक छ । यस अभियानमा विशेष गरी सदस्यता वितरण तथा नविकरन कमिटीहरु पुनर्गठन, भेला बैठक प्रशिक्शण आदि कार्यक्रमहरु गाँउ केन्द्रित गरेक छ ।
नेकपा (एमाले), ईनरुवा –५, वडा कमिटी, सुनसरीले अभिमुखीकरण कार्यक्रममा गरेको छ । बाम आन्दोलनको उर्वर र ऐतिहासिक स्थान बलाहाका अगुवा ९२ वर्षिय भवानी पोखरेल, ८० वर्षिय चरा बिज्ञ जीवनाथ पोखरेल, ७८ वर्षिय बाम बुद्धिजीवी अच्युत खतिवडा, ७५ वर्षिय बुद्धकुमार नेपाल, ७३ वर्षिय गणेश निरौला, ७० वर्षिय मन नारायण श्रेष्ठ , ७० वर्षिय श्यामप्रसाद भट्टराई, ७० वर्षिय थानेश्वरी अधिकारी, अग्रजहरु गोबिन्द पोखरेल, ईश्वरी घिमिरे, हेमराज कोईराला, प्रेम खतिवडा र नयाँ पुस्ताका युवाहरुले समेत उल्लख्य मात्रामा पार्टी सदस्यता नवीकरण गरिएको र नयाँ सदस्यता बितरण गरेको उक्त अभियानका प्रमुख अभियान्ता लोकेश निरौलाले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अभियान्ता लोकेश निरौलाका अनुसार सुनसरीको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक भुमि ईनरुवाको बलाहामा जरा अभियानको प्रमुख अभियान्ता भएर पार्टी काम गर्न पाउदा आफूलाई गर्वको महसुस भएको र “समृद्ध नेपाल, सुखी नेपाली“को राष्ट्रिय आकाँक्षा पुरा गर्नका लागि कसैले चुनौती दिन नसक्ने मजबुत जगमा उभिएको बलियो नेकपा (एमाले) बनाउन सम्पूर्ण अग्रज र युवालाई आह्वान समेत गर्नु भयो ।
सो कार्यक्रमका प्रमुख अतिथि पोस्ट नेपालले जनताको आसा र भरोसा योग्य पार्टी निर्माण गर्न हामी सबै लाग्नु पार्ने बताउनु भयो ।