हिंसा पिडित महिलाहरुले खाेले:दिमा आमा घर

  • नमस्ते कर्णाली

  • २५, फाल्गुन २०८१
    जुम्ला।जुम्लामा हिंसा पिडित महिलाहरुको शशक्तिकरण, आपतकालिन आश्रय, न्याय पैरविका लागि दिमा आमा घरको स्थापना गरिएको छ । बढिरहेको हिंसाका घटना न्यूनिकरण गर्न तथा न्यायीक निकायमा पुर्याउने भन्दै सात जना घरेलु हिंसा पिडित महिलाहरुले कार्यालय स्थापना गरेका हुन् ।

    जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका- ६ मा आमा आमा घर स्थापना गरिएको हो ।११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा संस्थाका अध्यक्ष दिलमाया शाहीले जुम्लामा दिमा आमा घरको आवश्यकताका बिषयमा बताइन्।उनले भनिन्,जुम्लामा पत्रकारिता क्षेत्रबाट गरेको सेवावाट आफुँ सँग जोडिएका सात जना महिला मिलेर हिंसा पिडितकाको न्याय, आत्मनिर्भरता, पैरवि तथा शशक्तिकरणका लागि दिमाआमा घर स्थापना गरिएको हो ।

    उनले पत्रकारिता गर्दाका विभिन्न समयमा हिसां पिडित घटनाले हिंसा पिडित महिलाहरु सदरमुकाममा बसेर कानूनी निकाय जान सक्ने कठिन भएकाले गुणस्तर बसाईका साथ प्रहरी र न्यायलयमा आउदा सम्म वस्ने स्थानका लागि दिमा आमा घरको आश्रय पहिलो हुने बताइन्। अध्यक्ष शाहीले अहिले पिडित वन्धक गरेर पिडक वाहिर घुम्ने नभई न्याय पाउने उद्देश्य छ । उनका अनुसार घरबाट कुटपिट भएर निकालिए देखी हिंसा वोकेका हामीहरुले न्याय माग्न सदरमुकाम आउदा बास नपाएका महिलाहरुका लागि अव सुरक्षित वास हुनेछ । बलतकृत छोरीहरुलाई आश्रय सहित न्यायको पैरवि गर्ने, स्वास्थ्य उपचारमा सघाउने छ।क्रियाशिल पत्रकार दिलमाया शाही अध्यक्ष भएको आमा घरको एक शनिबार भब्य कार्यक्रमका विचमा उद्घाटन गरिएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, तातोपानी गाउँपालिका उपाध्यक्ष रेवति रावल संस्थाका अध्यक्ष दिलमाया शाहीले संयुुक्त उद्घाटन गरेका थिए।यता जिल्ला समन्वय समितिका प्रमुख आचार्यले यो आमा घर कर्णाली प्रदेशकै नमूना घर हुने बताए ।यस कार्यमा एक्लै नभई सवैको सहकार्य आवश्यक जरुरी छ। सिँजा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्ण प्रसाद धितालले कवतिा भन्नु अगाडि कवि कस्तो हो भनेर थाहा हुन्छ भन्दै दिमा आमा घरका अध्यक्ष दिलमाया शाहीको सत्य तथ्य पत्रकारिताको कामले दिमा आमा घरको भविश्य राम्रो भएकोमा बताए।सहयोगमा कुनै कसुर नहुने बताए।प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले हिंसाबाट महिला र वालवालिका आउने महिला तथा वालवालिकाहरु कहाँ राख्ने भन्ने बिषयमा आवश्यकता भईरहेको समयमा यो सुरक्षित आमा घरको भूमिका महत्वपूर्ण रहेको बताए।

    उनले भने,सुरक्षित घरबाट अल्पकालिन आश्रयबाट पहिला आश्रय दिने, कानूनी उपचार गर्ने, स्वास्थ्य उपचार पछि पुनस्थापना गर्ने आशा पलाएको छ।यता तातोपानी गाउँपालिका जुम्लाका उपाध्यक्ष रेवति रावल समाजमा शोषित पिडितका र हिंसा पिडित महिलाका लागि गरिएको यो काम निकै राम्रो भएको बताउँछिन्। यस्ताे सामाजिक कामका लागि आवश्यक सहयोग हुनेछ। बरिष्ठ अधिवक्ता देवेन्द्रप्रसाद शर्माले सत्य तथ्य कुरा र सामाजिक कुरामा जोड दिदै आउनु भएका पत्रकार दिलमाया शाही सहितको आमा घरको टिमलाई हृदय देखी धन्यवाद दिए।शर्माले हिंसा पिडित महिलालाई कानूनी निकायमा लिन यो संस्थाले थप काम गर्नेमा जोड दिए।

    एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका अध्यक्ष जय शंकर धिताल र बुद्धिजीवी गाेविन्द्र बहादुर शाहीले समाजमा भएका वेतिथिका विरुद्ध तिखो कलम चलाउने दिलमाया सहितको टिमले गरेको काममा सवैले सहयोग गर्नुपर्ने प्रतिवद्धता जनाए। आमाघरमा व्यवस्थित आराम कक्ष ३ वटा, भान्साघर र कार्यालय समेत शुरु गरिएको छ ।

  • २५ फाल्गुन २०८१, आईतवार ०७:२८ प्रकाशित

  • Nabintech