२४, फाल्गुन २०८१
बाँके । बाँकेको कोहलपुर नगरपालिका–१२ स्थित भरैया जाने बाटो नजिक आज बिहान करिब ५:०० बजे एक वृद्ध पुरुषको शव फेला परेको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
प्रहरीले दिएको जानकारी अनुसार , मृतक करिब ६०–६५ वर्ष उमेरको हुनुहुन्छ । उहाँको सेतो फुलेको लामो दारी-जुँगा, फुलेको कपाल, लामो नाक र बाहुन–क्षेत्री समुदायको जस्तो देखिने हुलिया रहेको छ। उहाँले कालो ज्याकेट, ढाका टोपी लगाउनुभएको थियो।
इलाका प्रहरी कार्यालय कोहलपुरले मृतकको वास्तविक नामथर र ठेगाना पहिचान खुलाउन सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। शवको पहिचान सम्बन्धी कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।