बाँकेको कोहलपुर ५ मा रहेको वेस्टर्न इंग्लिस मिडियम स्कुलमा अध्ययनरत प्रि प्राईमरिका नानी वावुहरुलाई रमाउदै, सिक्दै र पढदै अभियानलाई विगतका वर्ष जस्तै यो बर्ष पनि निरन्तरता दिएको छ । उक्त अध्यापन टुल्सवाट वालवालिकाहरुले सिकेका सिकाईका अनुभवहरु समेत विद्यालयले आफना अभिभावकहरु समक्ष प्रदर्शनीका माध्यमवाट अभिभावकहरुलाई सुचित गर्ने कार्य गरेका छन ।
विद्यालयले शुक्रवार विद्यालय प्रांगणमा आफना वाल वालिकाहरुलाई रमाउदै सिक्दै कसरी गर्न सक्छन भन्नेवारेको एक अवलोकन प्रर्दशनिको आयोजना गर्दै वालवालिकाहरुले तयार पारेका पोस्टर तथा बुकहरुको अवलोकन गर्ने अवसर समेत प्रदान गरेको छ ।
वेस्टर्न इंग्लिस मिडियम स्कुलका शिक्षिका गोमा श्रेष्ठले स –साना वालवालिकाहरुलाई डे वानवाटै कसरी सिकाउन सकिन्छ भन्नेवारे देश विदेशमा प्रयोगमा आएका एवं नयाँ आयामिक टुल्सहरु प्रयोग गर्दै वालवालिकाहरुलाई विद्यालयमा आउन सहज वातावरण तय मात्र नगर्ने उल्लेख गर्दै उनीहरुको कलिलो मष्तिस्कमा सिक्ने कुराहरु खेल्दै रमाउदै अमिट छाप भएर बस्ने वताउनु भयो ।
शिक्षिका श्रेष्ठले प्रदर्शनीको अबलोकन गराउदै शिशु कक्षामा आउदा वालवालिकाहरुको मष्तिस्कमा घर,आमाको काख, भोक प्यास र वाल सुलव वात्सल्यता रहने भएकाले उनीहरुलाई विद्यालयमा राखेर सिकाउन कठिन हुने मात्र नभई उनीहरु रुने कराउने, घर जानलाई जिद्धि गर्ने जस्ता कार्यहरु गर्ने भएकाले उनीहरुलाई भुलाउन उनीहरुलाई खेलाउने नयाँ नयाँ खेलौनाका माध्यमवाट पनि सिकाउन सकिने विश्वासकासाथ यो विधि वेस्टर्नले आयोजना गरेको बताउनु भयो ।
प्रदर्शनीमा राखिएका वाल सिकाईका खेलौना र ती खेलौनावाट आर्जन हुने शिक्षाकावारे वालवालिकाहरुका अभिभावकहरुले कार्यक्रमका दौरान अध्यन अवलोकन गरेका छन । उनीहरुले आफना वाल वालिकाहरुले विद्यालयमा आएर कसरी सिक्छन र के सिक्छन भन्नेवारेमा पनि प्रष्ट भएका छन । अभिभावकहरुले आफना वालवालिकाले तयार पारेको बुकहरुसमेत अवलोकन गर्दै सिकाईको प्रक्रियाप्रति सन्तुस्ट भएको बताउनु भयो ।
विद्यालयका प्रिन्सिपल उमेश श्रेष्ठले विद्यालय, अभिभावक र विद्यार्थीहरुविचको त्रिकोणात्मक सम्वन्धले शिक्षामा आसातित परिवर्तन गर्न सकिने र अभिभावकहरुवाट फिड ब्याक आउने अपेक्षा सहित यस्ता कार्यक्रमको आयोजना गर्न विद्यालयले कुनै कञ्जुस्याँई नगर्ने उल्लेख गर्दै निरन्तर नयाँ प्रविधि, ब्यबहारिक शिक्षामा वेस्टनले जोड दिदै आएको बताउनु भयो ।