२२, फाल्गुन २०८१
जुम्ला।फागुन महिनाको पारिलो गर्मी।वरिपरि काठलेले बेरिएको र टिनकै छाप्रोको टहरो।त्यही टहरोमा दुई सय बढी विद्यार्थी अध्ययनरत छन्।जुम्लाकै दुर्गम मानिने सिंजा गाउँपालिकाकाे एक विद्यालयको कक्षाकोठाको अवस्था हो,यो।विद्यालयमा पढाउनका लागि भवनसमेत नभएपछि जुम्लाको सिंजा गाउँपालिकन -६ दाँतमा अवस्थित माध्यमिक जाेडुका कक्षा ४,५,६,७,८ र ९ का विद्यार्थी फागुनको धुपमा टिनको टहरामुनि हत्केलाले सूर्य छेकेर पढ्न बाध्य छन्।विद्यालयमा अध्यनका लागि प्रयाप्त भवन नभएपछि गत वैशाख महिनादेखि ६ कक्षाका १ सय १७ जना विद्यार्थीहरु काठ र टिनको छाप्रोमा पढिरहेका छन्। कक्षा ४ का २४ जना ,५ का २४ जना ,६ कक्षा १५ जना, ७ कक्षाका १५ जना, कक्षा ८ मा ३१ जना र कक्षा ९ का १३ जना विद्यार्थी टहरामा पढ्ने गरेका छन्।१ सय ८३ विद्यार्थी कक्षा काेठामा पढ्दै आइरहेका छन्।भने,ईसिडी नर्सरी,कक्षा १,२,३ र १० का विद्यार्थी मात्रै सुविधा युक्त भवनमा अध्ययन गरिरहेका छन्। ‘हिउँदमा जाडो बिदा हुने भएकोले पढाउँनु पर्दैन् समस्या भएन’ शिक्षक तुलाराम बुढाले भने्, ‘गर्मी बढेपछि कक्षाकोठा घामले तात्न थालेका छन्,पढाउनै समस्या छ ।’हावाहुरी लाग्दा चिसो हुने,हावाहुरीले टिन खसेर चोट लाग्ने जोखिम रहने उनले बताए।विद्यालयमा भवन अपुग भएपछि गत वैशाख महिना यता विद्यार्थीहरु टिनको टहरामा छन्।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर बुढाका अनुसार भवन अभाव भएपछि व्यवस्थापन सिमितले ६ वटा टहरामा बनाएर जेनतेन विद्यार्थी हुलेर पढ्ने गरेकाे छ।बर्खामा कसरी कक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा उनी अन्योलमा छन्।
एउटै टहरोमा ६ वटा कक्षा सञ्चालन गर्दा पठनपाठनमा समस्या भएको छ । ‘एउटा कक्षामा पढाएको अर्काे कक्षामा प्रष्टै सुनिन्छ’, कक्षा ८ मा अध्ययनरत छात्रा फुलमाया बुढाले भनिन्, ‘दुईतीर पढाउँदा होहल्ला हुन्छ, पढाएकै बुझिँदैन ।’उनले कक्षाकोठा बनाएको भए हुन्थ्यो, पढ्न निकै समस्या भयो ।’ कक्षा १० सम्म सञ्चालित विद्यालयमा ३ सय विद्यार्थी छन्।यता सिंजा गाउँपालिका -६ का वडा अध्यक्ष लालबहादुर बुढाले चालु आर्थिक वर्ष २०८१/२०८२ काे रकमबाट गाउँपालिकाले नयाँ ४ काेठा भवन निर्माणका लागि २० लाख छुट्टयाएको बताए।तत्कालै नयाँ भवन निर्माण हुनेछ।तर निर्माण काम लगभग सुरु भइसकेकाे छ।साे विद्यालयमा,खानेपानी शौचलय राम्रो प्रवन्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुरले बताए।
तर,घेरबारकाे ठुलो समस्या छ,गाईवस्तु सिधै भित्र पस्ने गरेका छन्।अध्यक्ष बुढाले गुनासो पाेखे,‘जाडो हुँदा जस्ताबाट शीतको थोपा चुहिन्छ, गर्मीमा जस्ता तातेर प्रचण्ड गर्मी हुन्छ,’ उनले भने, ‘तपाईं आफैं सोच्नुस्, विद्यालयमा पठनपाठनमा कति सकस छ भनेर? राज्यको विकास साझेदार संस्था प्लान नेपाल र पेस नेपाल जुम्लाले अघिल्लो वर्ष चार काेठा बनाएको छ।भूकम्प प्रतिरोधी काेठा छन्।अपांगमैत्री भौतिक संरचना सहितको शौचालय र बालमैत्री खानेपानीका धारासमेत निर्माण गरिएको छ।प्लान नेपाल र पेस नेपाल जुम्लाले सञ्चालन गरेको आधार परियोजनाअन्तर्गत विद्यालयको भौतिक संरचना बनेका हुन्।२०७९ असाेज १९ गतेदेखि २६ गते सम्म परेको अविरल वर्षाले पुरानो बनेको ठाउँ निर्माण गरेको विद्यालय क्षतविक्षत गरेपछि विद्यालय नयाँ ठाउँमा सारिएको थियो। उक्त विद्यालय २०३२ सालमा स्थापना भएको हो।पुरानो विद्यालय गाउँमै थियोे।भने,´अहिले विद्यालय अर्को ठाउँमा सारिएको छ। व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर बुढाले भने,
क्याप्सन: टहरामा पढ्दै गरेको तस्बिर गाेल्डेन बुढा जुम्ला!