मुख्यमन्त्री कोहलपुर गोल्डकप :अफ्रिकन घाना फुटबल क्लबलाई हराउँदै काँक्रेविहार विजयी

  • नमस्ते कर्णाली

  • २१, फाल्गुन २०८१
    बाँके। मुख्यमन्त्री कोहलपुर गोल्डकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । सेमीफाइलको खेल भने बुधबारदेखि सुरु हुनेछ । क्वाटरफाइनलका अन्तिम खेल भने मगंलबार अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुलबल क्लबले खेलेका थिए । अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार सेमीफाइनल प्रवेश गरेको छ ।
    पहिलो हाफको खेल निकै प्रतिष्पर्धात्मक थियो । दोस्रो हाफको ५१औँ मिनेटमा काँक्रेबिहार फुटबल क्लव सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिएका थिए । खेलको ५७औँ मिनेटमा अफ्रिकन घानाका युसुफ मलिक बम्देलले बराबरी गोल फर्काए । यस्तै खेलको ७९आँै मिनेटमा घानाका जर्सी नं ८ का अकेन्टो ओपेमी पवेले गाले गरी खेल २–१ मा पुुर्याए ।
    खेलकोअन्तिम समयमा काँक्रेबिहार फुटबल क्लब सुर्खेतका जसी नम्बर ५ का गणेश पुलामीले ८४औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुुर्याएका थिए । निर्धारित समयको खेलमा नतिजा आउन नसकेपछि पेनाल्टी सुटआउटमा घानालाई ५–४ ले पछि पार्दै काँक्रेबिहार सुर्खेतले जित निकालेको हो ।

    यसअघि प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ,कोहलपुर रेसिङ साहारा फुटबल क्लब,बाँके र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन् । समूह ‘क’ बाट आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब,बाँके र प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ, समूह ‘ख’ बाट राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल र अफ्रिकन घाना फुटबल क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।
    समूह ‘क’ बाट लुम्बिनी फुटबल क्लब घोराही,दाङ र राईनो फुटबल क्लब,गण्डकी, समूह ‘ख’ बाट भारतको साहारा फुटबल क्लब,लखनउ र काँक्रेविहार फुलबल क्लब गोल्डकपबाट बारिएका छन् । यसअघि पहिलो क्वाटरफाइनल खेलमा कोहलपुर रेसिङ साहारा फुटबल क्लबले २–० गोल अन्तरले लुम्बिनी फुटबल क्लब घोराही,दाङ पराजित भएको थियो । दोस्रो क्वाटरफाइन खेलमा आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले पेनाल्टी सुटआउटमा ४–३ अन्तरले भारतको साहारा फुटबल क्लब,लखनउलाई पराजित गरेको थियो ।
    सोमबार भएको तेस्रो क्वाटरफाइनलमा प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँले २–० गोल अन्तरले राईनो फुटबल क्लब,गण्डकीलाई पराजित गरेको थियो ।
    कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

  • २१ फाल्गुन २०८१, बुधबार ०७:१६ प्रकाशित

  • Nabintech