फलाम खानिको सम्भाव्यता अध्ययन गर्न मन्त्रालयलाई गाउँपालिकाको पत्र

  • नमस्ते कर्णाली

  • १९ फाल्गुन, २०८१

    बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले पालिकाभित्र रहेका फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ ।
    परापूर्वकालमा उत्खनन गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहित मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभयो ।

    गौमुल गाउँपालिकाका स्थानीयले पालिकाभित्रै परा-पूर्वकालमा उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र भाँडाकुँडा हालसम्म पनि प्रयोग गर्ने गरेका छन् । पालिका भित्रका स्थानीय नागरिकले पुराना फलामका औजारहरू प्रयोग गर्ने गरेको तथ्य समेत रहेकोले सम्भाव्यता अध्ययन गरी फलाम उत्खननका लागि आवश्यक बजेट व्यवस्था गर्न पत्र मार्फत माग गरिएको गाउँपालिकाले जनाएको छ ।

     

     

     

     

     

     

     

  • १९ फाल्गुन २०८१, सोमबार १२:३९ प्रकाशित

  • Nabintech