बर्दियामा ९औँ थारु साहित्य राष्ट्रिय सम्मेलन सुरु

  • नमस्ते कर्णाली

  • १६, फाल्गुन २०८१
    बर्दिया ।बर्दियाको राजापुर नगरपालिकामा ९औँ थारु साहित्य राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु भएको छ। थारु लेखक संघ नेपाल तथा जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा सञ्चालन भइरहेको सम्मेलनमा थारु समुदाय तथा स्थानीय विकासमा देखिएका बाधा फुकाउन विविध विषयमा छलफल गरिने आयोजकले जनाएको छ।

    सम्मेलनको प्यानल छलफलमा राजापुर नगरपालिकाको शिक्षा यात्रा, थारुले विकास र बाधा, बर्किमार (थारु महाभारत) का पात्रबारे बहस, संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको सवाल, थारु लोक साहित्यको संरक्षणमा युनिक नेपालको भूमिका, तथा थारु साहित्यको विषयमा छलफल गरिने कार्यक्रम छ।

    छलफलमा विषय विशेषज्ञ, शिक्षाविद्, विज्ञ, पूर्वमन्त्री, सांसद, नगरप्रमुख, पालिका अध्यक्ष, प्राध्यापक, थारु बुद्धिजीवी, विद्यावारिधि गरिसकेका व्यक्तित्वहरू तथा साहित्यकारहरूको उपस्थिति रहेको छ।

    दुई दिनसम्म चल्ने सम्मेलनले बर्दिया घोषणा पत्र जारी गर्दै सम्पन्न हुने आयोजक जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले जानकारी गराएका छन्।

     

  • १६ फाल्गुन २०८१, शुक्रबार १५:१२ प्रकाशित

  • Nabintech