१४, फाल्गुन २०८१
बाँके ।नेपालगन्जस्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा क्षेत्रीय कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रतिष्ठित प्राध्यापक एवं साहित्यकारहरूलाई स्वागत, सम्मान तथा अभिनन्दन गरियो।
यस अवसरमा पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति आदरणीय प्राध्यापक डा. वेदराज के.सी., लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य तथा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागीय प्रमुख प्राध्यापक डा. कृष्णप्रसाद घिमिरे, जसलाई “साहित्य शिरोमणि” र “नेपाली साहित्यदूत मकालु २०८०” जस्ता सम्मान प्राप्त छन्, साथै संस्कृत विश्वविद्यालय, दाङबाट विद्यावारिधि अनुसन्धान सफलतापूर्वक सम्पन्न गर्ने वरिष्ठ साहित्यकार डा. हरिप्रसाद तिमिल्सिना लाई विशेष सम्मान प्रदान गरियो।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले सम्मानित व्यक्तित्वहरूलाई हार्दिक बधाई तथा अभिनन्दन गर्नुभएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य मीना श्रेष्ठ, पूर्व संचारमन्त्री शिवराज जोशी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यसै अवसरमा ८९औं महाशिवरात्रि महोत्सव पनि उल्लासमय रूपमा मनाइयो। केक काट्दै महोत्सवको शुभारम्भ गरियो, जसमा ब्रह्माकुमारी कृष्णबहादुर रानाभाटले विशेष सम्मान कविता प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी संस्थाकै प्रतिनिधिले गर्नुभएको थियो।
नेपालगन्जमा आयोजित यस सम्मान तथा महाशिवरात्रि महोत्सवले धार्मिक, शैक्षिक तथा साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई एकै थलोमा सम्मानित गर्ने अवसर प्रदान गर्यो।