कोहलपुर उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता: बालशिक्षा माविले उचाल्यो उपाधि

  • नमस्ते कर्णाली

  • १३, फाल्गुन २०८१
     बाँके ।कोहलपुर नगरपालिका आयोजनामा सञ्चालित ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि बालशिक्षा मावि भरैया उचालेको छ । कोहलपुरस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालनमा रहेको प्रतियोगिताको मंगलबार लक्ष्मी माविलाई हराउँदै बालशिक्षा मावि भरैयाले उपाधि उचालेको हो ।
     गत फागुन ७ गतेबाट सञ्चालित ७औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता मंगलबार समापन भएको हो । समापन कार्यक्रममा च्याम्पियन बनेको बालशिक्षा मावि भरैयाललाई कोहलपुर नगरपालिका उपमेयर संगिता सुवेदी र नगर खेलकुद शाखा अध्यक्ष चक्र चिमाला क्षेत्रीले नगर पुरस्कार सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
    च्याम्पियन बालशिक्षा मावि भरैयालारुई नगद पुरस्कार ३५ हजार र २५ हजार बराबरको क्रिकेट किट प्रमाणपत्र,ट्रफी र मेडल प्रदान गरिएको हो । मंगलबार भएको फाइनल खेलमा लक्ष्मी माविले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्मी माविले १०८ रन बनाएको थियो । लक्ष्मी माविले दिएको १०९ रनको लक्ष्य पछ्याएको बालशिक्षा मावि भरैयाले सहजै १७ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । यो सँगै भरैयाले ४ विकेटले लक्ष्मी माविलाई हराउँदै उपाचि चुमेको हो ।
    यस्तै उपविजेता लक्ष्मी माविले नगद पुरस्कार २० हजार र १५ हजार बराबरको त्रिकेट किट प्रदान गरिएको थियो । प्रतियोगितामा १९ वटा विद्यालयहरुको सहभागीता रहेको थियो । अन्य विभिन्न उतकृष्ट खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

  • १३ फाल्गुन २०८१, मंगलवार २०:४५ प्रकाशित

  • Nabintech