प्रशंसा गौतमको उत्कृष्ट उपलब्धि: प्रोत्साहनस्वरूप पुस्तक प्रदान

  • नमस्ते कर्णाली

  • १२, फाल्गुन २०८१

    बाँके । जीवन ज्योति स्कुल, कोहलपुरमा कक्षा ११ मा अध्ययनरत प्रशंसा गौतमले दोस्रो त्रैमासिक परीक्षा (Second Terminal Exam) मा आफ्नो सेक्शन ‘B’ टप गर्न सफल भएकी छन्। उनको यस उपलब्धिलाई सम्मान गर्दै प्रोत्साहनस्वरूप मेडिकल प्रवेश परीक्षाको तयारीमा उपयोगी पुस्तक प्रदान गरिएको छ।

    उच्च लक्ष्य राखेर अध्ययनरत प्रशंसा गौतमको डाक्टर बन्ने सपना पूरा होस् भन्ने कामना गर्दै विद्यालय तथा अभिभावकहरूले उनलाई आगामी दिनहरूमा अझ उत्कृष्ट प्रगति गर्न हौसला दिएका छन्। उनी अध्ययनशील, मेधावी र परिश्रमी विद्यार्थी भएको विद्यालयले जनाएको छ।

    प्रशंसाले आफ्नो मेहनतलाई निरन्तरता दिँदै भविष्यमै सफल डाक्टर बन्ने अठोट व्यक्त गरेकी छन्। यस प्रेरणादायी उपलब्धिले अन्य विद्यार्थीहरूलाई पनि लगनशील भएर अध्ययन गर्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ।

  • १२ फाल्गुन २०८१, सोमबार १७:५५ प्रकाशित

  • Nabintech