१२, फाल्गुन २०८१
कर्णाली ।नेपालको सबैभन्दा लामो नदी कर्णालीमा राष्ट्रिय युवा सङ्घ नेपाल दैलेखका सचिव कमरेड निरज कुमार माझीको विशेष उपस्थितिमा आठबिस नगर कमिटी र राकम कर्णाली वडा नम्बर ४ वडा कमिटीको आयोजनामा केपी ओली कप २०२५ फुटबल च्याम्पियनसिपको ब्यानर प्रदर्शन गरिएको छ।
समुद्र सतहबाट तीनदेखि चार हजार मिटर उचाइमा रहेको “माप्चोचोङ्गो” हिमनदीबाट निस्केको मानसरोवर ताललाई रक्षा गर्न बनेको रक्षक तालसँगै रहेको मयुरको मुखबाट उत्पत्ति भएको कर्णाली नदीको ऐतिहासिक महत्व छ। यही ऐतिहासिक कर्णाली नदीमा राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गर्ने नेपाली घरेलु फुटबल प्रतियोगिता केपी ओली कप २०२५ ले खेलप्रेमी जनतालाई थप ऊर्जा दिने लक्ष्य लिएको छ।
निरज कुमार माझीका अनुसार, केपी ओली कप थोरै बजेटमा बृहत रूपमा आयोजना गरिने राष्ट्रिय फुटबल प्रतियोगिता हो। पहिलो संस्करणदेखि तेर्सो संस्करणसम्मका विभिन्न चुनौती पार गर्दै प्रतियोगिताले सफलता हासिल गरिरहेको उनले बताए। यसलाई अझ व्यवस्थित र रूपान्तरण गर्दै संगठनले दिएको हक, अधिकार, र जिम्मेवारीलाई प्रत्याभूत गर्दै अगाडि बढिरहेकोमा राष्ट्रिय युवा सङ्घ नेपाल आठबिस पालिका कमिटी र राकम कर्णाली ४ नम्बर वडा कमिटीलाई हार्दिक बधाई समेत दिए।
उक्त कार्यक्रममा हरेक क्षेत्रमा सहयोग गर्दै आएका समाजसेवी तथा सामाजिक अभियन्ता भरत साउद सिर्जनले प्रतियोगिताको महत्वबारे जानकारी गराए। माझीले मानसरोवर ताललाई रक्षा गर्न बनेको रक्षक ताल जस्तै आफ्नो संगठन पनि निरन्तर रूपमा आफ्ना जिम्मेवारीहरूमा लागिरहेको बताए।
कार्यक्रम विशेष आकर्षणका रूपमा कर्णाली नदीमा डुङ्गाबाट प्रचार प्रसार गरिएको थियो, जसले प्रतियोगिताको शोभा थप बढाएको सहभागीहरूले बताएका छन्।