उपमेयर कप: दोस्रो दिनको पहिलो खेलमा वाल शिक्षा मावि विजयी

  • नमस्ते कर्णाली

  • ८,फाल्गुन २०८१
    बाँके ।बाँकेको  कोहलपुरमा जारी ७ औ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगितामा आज बिहिवार दोस्रो दिन भएको पहिलो खेलमा बालशिक्षा मावि र सेन्चुरी सेकेन्डरी एकेडेमी बिच प्रर्तिस्पर्धा भएको छ ।
    प्रतियोगितामा वाल शिक्षा माविले पहिलो ब्याटिङ गरेको थियो १५ ओभरमा १३४ रन बनाएको वाल शिक्षा माविका विरुद्ध सेन्चुरी सेकेन्डरिले ७.३ ओभरमा जम्मा २६ रनमा अलआउट भएपछि प्रतियोगितामा वालशिक्षा माविले वाजि मारेको हो । प्रतियोगिताको बेष्ट प्लेयर सम्झना पुन हुनुभएको छ उहाँले ३ ओभरमा ९ रन खर्चेर ५ बिकेट लिन सफल हुनुभएको थियो ।
    प्रतियोगितामा आजको दास्रो खेल ज्ञान कुञ्ज मावि चप्परगौरी र जनता मावि मैटहवाविच भईरहेको खेल मैदानवाट नगर खेल कुद विकास समितिका सदस्य दिपेन्द्र शाहीले जानकारी दिनुभएको छ।

  • ८ फाल्गुन २०८१, बिहीबार १३:१८ प्रकाशित

  • Nabintech