६ दिनदेखि भारतको अयोध्याबाट बेपत्ता पत्रकार कोइरालाको खोजी जारी

  • नमस्ते कर्णाली

  • १,फाल्गुन २०८१

    बाँके ।राजापुर नगरपालिका–६ का पत्रकार केशव कोइराला विगत ६ दिनदेखि बेपत्ता छन्। राजापुर एफएमका प्रमुखसमेत रहेका कोइराला माघ २६ गते भारतको अयोध्याबाट बेपत्ता हुनुभएको हो।

    उहाँकी श्रीमती शोभा कोइरालाका अनुसार, कोइराला माघ २४ गते प्रयागराज कुम्भ स्नानका लागि घरबाट निस्कनुभएको थियो। “माघ २५ गते कुम्भ स्नान गरी फर्किँदा बनारससम्म सम्पर्कमा हुनुहुन्थ्यो। माघ २७ गते अयोध्यामा राम मन्दिर दर्शन गर्ने क्रममा रातिबाट बेपत्ता भएको साथीहरूले जनाएका छन्,” उहाँले भन्नुभयो साथीहरूले उहाँको खोजी प्रयास गरे पनि पत्ता लगाउन सकेका छैनन्।

    बेपत्ता पत्रकारको खोजीका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा प्रहरी उपरीक्षक केदार खनालसँग समन्वय गरिरहनुभएको छ।“उहाँहरूले फागुन २ गते (शुक्रबार) भारतीय समकक्षीसँग छलफल गर्ने बताउनु भएको छ,” अध्यक्ष घिमिरेले भने। खोजीलाई तीव्र बनाउन बेपत्ता पत्रकारकी श्रीमतीलाई पनि शुक्रबार गुलरिया बोलाइएको छ।

    नेपाल सरकारको परराष्ट्र मन्त्रालयमार्फत खोजी प्रक्रिया अघि बढाउने पहल भइरहेको महासंघले जनाएको छ। पत्रकार कोइरालाको शीघ्र सुरक्षित उद्धारका लागि परिवार र पत्रकारिता क्षेत्रमा चासो बढ्दै गएको छ।

  • १ फाल्गुन २०८१, बिहीबार २१:३९ प्रकाशित

  • Nabintech