प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा पूर्व खेलाडी समाज बाँकेको नयाँ कार्यसमिति निर्विरोध चयन

  • नमस्ते कर्णाली

  • ३०, माघ २०८१
    बाँके ।पूर्व खेलाडी समाज बाँकेको प्रथम साधारणसभा तथा अधिवेशनबाट प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
    बुधवार नेपालगन्जमा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको बरिष्ठ उपाध्यक्षमा निजामुद्दिन सिद्दीकी, उपाध्यक्षमा शान्ती सिंह क्षेत्री, महासचिवमा जयन्त कुमार शर्मा, सचिवमा नरेन्द्र थापा, सहसचिवमा अभय कुमार बस्नेत र कोषाध्यक्षमा बिरेन्द्रमान श्रेष्ठ चयन भएका छन्। यस्तै, सदस्यहरूमा गोबिन्द प्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, मनोज कुमार श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, आशा बिष्ट, र पार्वती थापा क्षेत्री रहेका छन्। निर्वाचन समितिका प्रमुख शिव कुमार श्रेष्ठले सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो।
    कार्यक्रमको उद्घाटन सत्र समाजका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र बहादुर हमालले पानसमा दीप प्रज्ज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। साथै, नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो।
    कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक तथा क्रिएटिभ ह्याण्डसका अध्यक्ष टी.एस. ठकुरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज कुमार श्रेष्ठलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
    यसैबीच, समाजको पहिलो बैठक सम्पन्न भई विभिन्न निर्णयहरू गरिएको छ। बैठकले साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, वडा नं. २ को कार्यालय तथा अन्य सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेको छ। साथै, केही साताभित्रै भलिबल, शारीरिक सुगठन, र ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

  • ३० माघ २०८१, बुधबार २१:२८ प्रकाशित

  • Nabintech