नेकपा (एमाले)ले संचालन गरेको ३ महिने वडा केन्द्रित अभियान अन्तरगत दैलेखको चामुन्डा बिन्द्राशैनी नगरपालिकाको जम्बुकाँधमा भब्यकासाथ सम्पन्न भएको छ । कुमार विक्र्रम शाहको अध्यक्षता तथा एमालेका कर्णाली प्रदेश ईन्चार्ज गोरख बहादुर बोगटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । बिशेष अतिथि पोलिट्व्युरो सदस्य एवं दैलेख जिल्ला इन्चार्ज लक्ष्मी पोखरेल अतिथिहरु – केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा क्षेत्र नम्बर २ का इन्चार्ज राज बहादुर बुढा,कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलावजङ्ग शाह,केन्द्रीय सल्लाहकार परिष सदस्यहरु–कुर्मराज शाही,खड्गराज उपाध्याय,तर्कबहादुर बडुवाल,केन्द्रीय निर्वाचन आयोगका सदस्य सुर्यबहादुर शाही,प्रदेश कमिटी सदस्यहरू,जिल्ला कमिटी अध्यक्ष सुर्यबहादुर शाही र परिभाषित सदस्यहरुको उपस्थिती रहेको थियो ।
बैठकमा प्रमुख अतिथि बोगटीले पार्टी अभियानको औचित्य एवम् आवस्यकता बारेमा स्पष्ट पार्नुका साथै प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कमिटीलाइ सक्रिय बनाएर अघि बढ्न,सबैले आआफ्नो ठाउँमा सक्रिय भएर लाग्न तथा पाटीले गरेका राम्रा कामको व्यापक प्रचार गर्न,गलत कुराको प्रतिकार गर्न,जनसरोकारका बिषयको उठान गर्न,आपसमा एक ढिक्का भएर पार्टी काममा लाग्न,आपसी मनमुटाव हटाएर अघि बढ्न निर्देशन समेत दिनु भयको थियो ।
बैठकमा स्थायी कमिटि सदस्य समेत रहेका बोगटीले भन्नु भयो,’८४ मा पार्टिलाई देशको पहिलो शक्ति बनाउने गरी वडा तहमा पुगेर जनता संग छलफल गर्ने । सरकारले सशासन विकास निर्माणका क्षेत्रमा गरेको कामबारे जानकारी दिने,गुनासो सुन्ने र संबोधन गर्ने गरि अभियान संचालन भएको छ । अभियान सफल बनाउन सबै नेता कार्यकर्ता जुट्नु पर्याे ।’
बैठकमा पालिकाको रिपोर्टिङ,अभियानको आवश्यकतालगायत विभिन्न बिषयमा व्यापक छलफल भएको छ ।
बैठकमा पालिका कमिटी अध्यक्षहरुबाट रिपोर्टिङ,प्रदेश अध्यक्ष,केन्द्रीय सल्लाहकार सदस्य कुर्मराज शाही,निर्वाचन आयोग सदस्य सुर्यबहादुर शाही,केन्द्रीय सदस्य राजबहादुर बुढा,पोलिटब्युरो सदस्य लक्ष्मी पोखरेल र प्रमुख अतिथिले पार्टी अभियान बारेमा प्रकाश पार्नु भएको थियो ।