नेकपा (एमाले)ले संचालन गरेकाे ३ महिने वडा केन्द्रित अभियानलाइ सफल बनाउन एमालेका कर्णाली प्रदेश ईन्चार्ज जिल्ला जिल्लामा पुगिरहेका छन् ।
अभियानकै क्रममा साेमबार कालिकाेट जिल्ला पुगेका ईन्चार्ज बाेगटीले ३ महिने वडा केन्द्रित अभियानलाई प्रभावकारी बनाउन पार्टि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एमाले कालिकाेट जिल्ला कमिटीकाे पाँचाै बैठकलाई संबाेधन गर्दै स्थायी कमिटि सदस्य समेत रहेका बाेगटीले भने,’८४ मा पार्टिलाई देशकाे पहिलाे शक्ति बनाउने गरी वडा तहमा पुगेर जनता संग छलफल गर्ने । सरकारले सशासन विकास निर्माणका क्षेत्रमा गरेकाे कामबारे जानकारी दिने,गुनासाे सुन्ने र संबाेधन गर्ने गरि अभियान संचालन भएकाे छ । अभियान सफल बनाउन सबै नेता कार्यकर्ता जुट्नु पर्याे ।’
बैठकमा पालिकाको रिपोर्टिङ,अभियानको आवश्यकतालगायत विभिन्न बिषयमा व्यापक छलफल भएको छ ।
बैठकमा कालिकाेट जिल्ला ईन्चार्ज नगेन्द्र साही ( नेस्नल ) र केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र (ख ) इन्चार्ज इन्द्रीरा सन्ज्याल लगायतकाे सहभागिता थियाे ।