जीवन ज्योतीका विद्यार्थीद्वारा खाजा खर्चबाट शैक्षिक सामग्री सहयोग

  • नमस्ते कर्णाली

  • सरला सुवेदी
    २५, माघ २०८१

    बाँके ।सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर-१० स्थित जीवन ज्योती स्कुलमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले कोहलपुर-१, कौशिलानगरमा रहेको जन ज्ञान ज्योती मा.वि. का गरिब तथा जेहेन्दार ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

    विद्यार्थीहरूले पढाइमा सहजता ल्याउने उद्देश्यले उनीहरूलाई कापी, कलम, झोला, पेन्सिल विद्यालयको लागि नेपाली बृहत शब्दकोष, पठन पाठनमा चाहिने चार्ट पेपर लगायतका सामग्री प्रदान गरेका हुन्। जीवन ज्योती स्कुलका विज्ञान शिक्षक चेत चापागाईंका अनुसार समाजमा सकारात्मक परिवर्तन ल्याउने तथा सहयोगी भावनाको विकास गर्न विद्यार्थीहरूले यो महत्वपूर्ण कार्य अघि बढाएका हुन्।


    जिवन ज्योतिका बिधार्थीहरुले आफ्नो खाजा खर्च कटाएर संकलन गरेको रकमबाट एक जना बिधार्थीलाई मोटामोटि ८ सय बराबरको शैक्षिक सामाग्री बितरण गरेका हुन् ।

    कार्यक्रमको संयोजन जीवन ज्योती स्कुलको सामाजिक इको क्लब (Socio-Eco Club )ले गरेको थियो। यस क्लबले विद्यार्थीहरूलाई समाज सेवासँग जोड्ने, सामाजिक उत्तरदायित्व बुझाउने तथा परोपकारी भावना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

    जन ज्ञान ज्योती मा.वि. का प्रधानाध्यापक बिनोद शर्मा लम्सालले विद्यार्थीहरूलाई गरेको सहयोगका लागि जीवन ज्योती स्कुलका विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ। लम्सालको भनाइ अनुसार, यस्तो खालको सहयोगले विद्यार्थीहरूलाई शिक्षामा प्रेरित गर्ने र उनीहरूको आत्मविश्वास वृद्धि गर्न मद्दत गर्नेछ।

    स्थानीयहरूका अनुसार, निजी विद्यालयका विद्यार्थीहरूले सार्वजनिक विद्यालयका विद्यार्थीहरूको सहयोगमा हात बढाउनु सकारात्मक सन्देश हो। यस्ता सामाजिक अभियानलाई निरन्तरता दिँदै जानुपर्नेमा उनीहरूले जोड दिएका छन्।

     

  • २५ माघ २०८१, शुक्रबार १६:१० प्रकाशित

  • Nabintech