२०, माघ २०८१
जुम्ला।गाउँ-घरका केही छिमेकीहरु भारतबाट फर्किएर गाउँमा बसेर केही हुँदैन भन्दै फुर्ती लगाउँथे।भारतमा दुईचार वर्ष बसेपछि जीवन फेरिइहाल्छ । गाउँलेले पनि देश-विदेश गएको भनेपछि राम्रो इज्जत्र र प्रतिष्ठा गर्ने।पैसाको फुर्ती उस्तै। सहर-बजारमा घरघडेरी जोडे झनै बढी राम्रो मान्ने हाम्रो समाजले। दौंतरीको कुरा सुनेर उनको मन पनि भारततिर लोभियो।जुम्लाको पातारासी गाउँपालिका -६ उर्थु गाउँका हर्कबहादुर बुढा ६ वर्षअघि भारत हानिए। त्यति बेला उनले आर्थिक रूपमा सबल भएर सहर- बजारमा घरघडेरी किन्ने,सहरीया बन्ने सपना देखेका थिए। तर, साथीभाइले भनेजस्तो रहेनछ्।अर्कोको देशमा काम। जाँदा लागेको ऋण तिर्न, घरखर्च पठाउन र केही पैसा बचत गर्न निकै कठिनाइ भयो । कष्टपूर्ण अवस्थामा उनले चार वर्ष बिताएर फर्किए।‘शरीर भारत तर, मन गाउँकै पाखापखेरोमै डुल्यो,’ उनले भने, ‘त्यति बेला साथीले भनेजस्तो प्रदेशमा पैसा फल्दो रहेछन् ।’चार वर्षपछि गाउँ फर्केर स्याउ खेती सुरु गरे।स्याउका विरुवा काटछाटका लागि सीप सिके। ‘विदेशमा जस्तो दु:ख गरे पैसा आफ्नै खेतबारीमै फल्दोरहेछ,’ उनले भने, ‘अब विदेशको कुरै गर्दिनँ।कृषि कर्मलाई निरन्तरता दिन्छु।’ उनले,उच्चस्तरीय शिक्षा हासिल गरेका छन्। उनको स्याउ बारीमा रोयल, रेड, गोल्डेन, रिचारेट, चक्लेटी, न्याकोन्टोस र जनाथन जातको स्याउ फलिरहेका छन् । ७ सय विरुवा छन्।जसमध्ये ५ सय फल्ने विरुवा छन्। ‘स्याउ बेचेर वर्षमा ८ लाख रुपैयाँ कमाउँछन्।,’ उनले भने, ‘यो मेरो विदेशको भन्दा तेब्बर कमाइ हो।अझै स्याउ खेतीलाई विस्तार गर्छु ।’उनलेे भने। यस्तै उनका गाउँका अम्मरसिंह विष्टको कथा उनकी संग मिल्दोजुल्दो छ।बेरोजगारीले आर्थिक अवस्था कम्जोर देखिका विष्ट भारतकाे धेरै सहरमा मजदुरी गरे।तर,भने जस्तो आर्थिकमा सम्वृद्वि आएन।
उनले भने,अहिले मेरो गाउँमै स्याउ बगैंचा ५ सय विरुवा छन्। ३ सय फल्छन्। बर्सेनि ६ लाख नगद बुझ्ने गरेको बताए।द्वाेय विष्ट र बुढा स्याउ बगैंचा व्यवस्थापन गर्ने र काँटछाँट गर्ने तरिकाबारे जानकार छन्।उनिहरु हरेक वर्षको पुस र माघ महिनामा स्याउ बगैंचा व्यवस्थापन तथा काँटछाँट गर्ने र स्याउको व्यवस्थापन गर्ने खटिन्छन।हर्क र अम्मर जस्तै उर्थुका १ सय ६० घरपरिवार स्याउ खेतीले आत्मनिर्भर छन्।उनिहरु आफ्नो बिरुवा काँटछाँट गरिसकेपछि गाउँलेहरुकाे पनि काँटछाँट गरिदिन्छाै। उनिहरुले भने, प्रतिदिनकाे बिहान-बेलुका खाना र दिउँसोको खाजा खाएर दुवै जनाले नगद एक हजार दुई सय रुपैयाँ कमाँउछाै अम्मर बिष्टले बताए।दुई महिनामा मात्रै एक जनाले स्याउ काँटछाँट गरे बापत १ लाख ९२ हजार कमाइ गर्छन्।दुई जना गरि ३ लाख ८४ हजार रुपैयाँ कमाउँछन्।एक बर्ष मात्रै होइन,उनिहरुलाई हरेक वर्ष स्याउ काँटछाँट बाेलाउछन्। अन्य पातारासी वडा र गाउँमा पनि माग आँउछ समय दिन सकिदैन् भ्याइनभ्याइ हुन्छ।विहान १० देखि ५ बजे सम्म बारिमै व्यस्त हुन्छौं हर्कबहादुर बुढाले बताए।सिकेको सीपलाई प्रदर्शन गर्न पाउँदा खुसी छु,स्याउका हाँगाहरु काँटछाँट गर्ने, बोडो पेस्ट लगाउने,गाईवस्तुकाे गाेठे मल सिचाईं र आवश्यक औषधि छर्किनु पर्ने बारे ज्ञान सिकाउँछन्।बागवानी अनुसन्धान केन्द्र राजीकोटले समेत उर्थु गाउँलाई स्याउ खेतीको नमुना गाउँका रूपमा घोषणा गरिसकेको छ।उक्त गाउँका बर्सेनि किसानले ८० हजारदेखि १५ लाख रुपैयाँसम्म कमाइरहेका छन् ।गाउँमै मिहिनेत गरे आम्दानी पनि राम्रो भएर गाउँ आत्मनिर्भर हुने उनको भनाइ छ । विदेशमा भन्दा यतै कमाइ राम्रो भएको उनले बताए।
अहिले पनि जुम्लाका अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन् । स्थानीयस्तरमा रोजगारी नभएकै कारण भारत जानुपर्ने अवस्थ छ।अहिले गाउँमा वृद्धवृद्धा, बालबालिका र महिलामात्रै देखिन्छन्।यतिबेला गाउँ महिला बालबालिका र वृद्धहरु छन् छन्। हरेक वर्ष कार्तिक, मंसिर, पुस र माघ महिनामा पुरुषहरू रोजगारी तथा व्यापारका लागि अन्यत्र जाने गर्दछन्।युवाहरु भारतको उत्तराञ्चल, हिमाञ्चल लगायतका क्षेत्रमा रोजगारी र व्यापारका लागि जाने गरेका छन् ।यता जिल्ला प्रशासन कार्यालय जुम्लाकाे तथ्यांक हेर्दा बैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनिक बढ्दै गएको देखिन्छ।पाँच वर्षमा तिन हजार ७ सय ५६ जनाले राहदानी लिएको देखिन्छ। भारत जानेको एकिन तथ्यांक छैन्।तेस्रो मुलुकमा रोजगारीका लागि तथ्यांक राख्ने गगरिएको छ।आर्थिक वर्ष२०७७÷०७८ देखि २०८१÷०८२ को असोज मसान्तसम्म कुल ३ हजार ७ सय ५६ जनाले राहदानी बनाएका हुन्।चालू आर्थिक वर्ष २०८१÷०८२ को असोज मसान्तसम्म मात्रै ६ सय ३२ जनाले राहदानी लिएका छन् ।
जसमध्ये १ सय ५७ महिना र ४ सय ७५ पुरूष छन् । आर्थिक वर्ष २०८०÷०८१ मा ७ सय ८३ जना छन्।जसमा १ सय ४२ जना महिला र ६ सय ४१ जना पुरूष छन्।यस्तै आर्थिक वर्ष २०७९÷०८० मा १ हजार ४ सय ५ छन्। महिला संख्या २ सय ४० र पुरूष १ हजार १ सय ६५ छन।यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ६ सय जनाले राहदानी लिएको तथ्यांकले देखाउँछ।जसमध्ये महिला २ सय ४६ र पुरूष ३ सय ३ सय ५४ छन्। र आर्थिक वर्ष २०७७÷०७८ मा ३ सय ३६ जनाले राहदानी लिएको तथ्यांक सार्वजनिक गरिएकोमा छ । जसमा १ सय महिला र २ सय ३६ पुरूष छन्।