मुगु- नेकपा एमालेको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ मुगुको आयोजनामामा भएको खुल्ला पुरुषभलिबलको उपाधि साईलेन्नड किलर खत्याडले जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा साईलेन्नड किलर खत्याडले सिडिएस पार्क खत्याड गम्था लाई ३, २ को सेट माहराएको छ । बुधबार बाट सुरु भएको खुल्ला पुरुष भलिबलमा १० टिम सहभागी भएका थिए । प्रथम हुने साईलेन्नड किलर खत्याडले ४० हजार दोस्रो हुने सिडिएस पार्क खत्याड गम्थाले २५ हजार र तेस्रो स्थान आउने मुगुमकारामरोङगाउँपालिकाले १५ हजार पुरुस्कार प्राप्त गरेका छ्न ।
खेलकुदको विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म ध्यानाकर्षणको लागि खुल्ला भलिबलको आयोजना गरिएकोनेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य तथा मुगु जिल्ला इन्चार्ज जेट बहादुर विकले बताए ।
विक का अनुसार मुगुमा खेलमैदान नहुँदा खेल गतिविधि सञ्चालनका लागि समस्या छ । त्यही पनि निजि राराबोर्डिङको साँगुरो मैदानमा खेलकुद कार्यक्रम सञ्चालन गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खुल्ला पुरुषभलिबल आयोजना गरिएको हो।