मुगु — संरक्षित पंक्षी डाँफे र अन्य पंक्षीको भरुवा बन्दुक प्रयोगबाट शिकार गरी ओसार पसार गर्ने व्यक्तिहरु पक्राउ परेका छन।
रारा राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्जको सुरक्षार्थ तैनाथ श्री हनुमानध्वज गुल्मको संयुक्त अपरेशन टोलीलेविशेष सूचनाको आधारमा यस निकुञ्ज क्षेत्रबाट संरक्षित पंक्षी लगायतका अन्य पंक्षी शिकार गरी कारोवार भईरहेकोभन्ने जानकारी प्राप्त भए पश्चात संयुक्त टोलीले विभिन्न मिति र स्थानहरुबाट उल्लेखित चोरी शिकार रओसारपसारमा राष्ट्रिय पक्षी डाँफे लगायतका को सिकार गरेको आरोपमा पक्राउ गरेको नि बरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले बताय।
न्यौपानेका अनुसार पक्राउ पर्ने ब्यक्तिहरु बाट निम्न सामान बरामद गरियको छ। जसमा मृत डॉफे जीउ ३ (भाले १ रपोथी २) मृत फक्रास जीउ ३ (भाले २ र पोथी १ ) भरुवा बन्दुक थान १ ,चक्खु थान– १, भरुवा बन्दुकमा प्रयोग हुनेफलामको गोली थान– ३६, कालो झोला थान– १ ,भरुवा बन्दुक पड्काउन प्रयोग हुने केप थान २७,बारुदको बट्टा थान– २ ,बारुद बनाउन प्रयोग गरिने सेतो रङ्गको सोडा अन्दाजी ५०० ग्राम ,मोवाईल थान– १ बरामद गरियको छ।
बरामद गरि निज प्रक्राउ भएका व्यक्तिको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ३० (१) बमोजिमअनुसन्धान अधिकृत तोकी अनुसन्धान तथा तहकिकात कार्य जारी रहेको बताय।
पक्राउ पर्ने व्यक्तिहरुमा मिति २०८१/१०/१३ गते जुम्ला जिल्ला कनकासुन्दरी गाउपालिका वडा न ०१, रियाका बर्ष २६ का मान बहादुर कठायत र मिति २०८१/१०/१७ गते सोहि ठेगानाका बर्ष ३९ का गोरे कठायत रहेका छन।
चिसोले औलतिर झरेका पक्षीहरूको सिकार गर्न सजिलो हुने भएकाले यो समयमा चोरी सिकारी गर्न निस्कछन् ।सिकारका कारण राष्ट्रिय पक्षी डाँफेलगायत दुर्लभ वन्यजन्तुको अस्तित्व नै खतरामा पर्ने भन्दै संरक्षणकर्मीहरूले चिन्ताव्यक्त गरेका छन् ।