चिसोले कष्टकर जीवन बिताइरहेका मुगुवासि लाई फाईबर सिरक वितरण

  • सनत हमाल

  • मुगु चिसोले कष्टकर जीवन बिताइरहेका मुगुका वृद्द,बालबालिका,महिला, दलित लगायत पिछडीयका समुदायलाई फाइबर सिरक नारायण सेवा भोजन सहयोग सामग्री उपलब्ध गराइएको हो।

    मुगुमा चिसो बढ्दै गएपछि विपन्न वर्गका नागरिकको स्वास्थ्य सुरक्षाका लागि जिल्लाको ओम सत्य साइराम भजनकेन्द्र मुगुको सहजीकरणमा न्यानो फाइबर सिरक नारायण सेवा भोजन सहयोग सामग्री उपलब्ध गराइएको हो।

    ओम सत्य साइराम काठमाडौंको सहयोगमा मुगु जिल्लाका सय जना विपन्न परिवारका नागरिकलाई  न्यानोफाइबर सिरक नारायण सेवा भोजन उपलब्ध गराइएको समाजसेवी चेतना मल्ल शाहीले बताउनुभयो

    विश्व हिन्दु महासंघ, सनातन हिन्दु महासंघकी केन्द्रीय सदस्य ओम सत्य साइरामकी जिल्ला अध्यक्ष समेत रहेकीशाहीका अनुसार जिल्लामा अत्याधिक चिसो बढेकोले यहाँका विपन्न वर्गलाई चिसो छल्नलाई न्यानो फाइबर सिरक नारायण सेवा भोजन वितरण गरिएको हो। उनले भनिन्, ‘चिसो समयमा न्यानो सिरक वितरण गर्दा एकल महिला जेष्ठ नागरिक बालबालिकालाई राहत पुगेको आर्थिक अवस्थामा कमजोर भएका नागरिक  एकल महिलातथा ६० वर्षमाथि पुगेका ज्येष्ठ नागरिकलाई न्यानो फाईबर सिरक वितरण गरेको धार्मिक तथा समाजसेवी शाहीलेबताउनु भएको।

    बिगत लामो समयदेखि सामाजिक सेवामा लाग्नु भएकी धार्मिक अगुवा चेतना मल्ल शाहीले जिल्लाका विपन्न वर्गलाईफाईबर सिरक तथा  नारायण सेवा भोजन उपलब्ध गराउनुभएको साथै पिछडीयका समुदायलाई सेवा मुलक,शशक्तिकरण एवम स्थानिय रैथाने वाली संरक्षणमा समेत कार्य गर्दै आउनु भयको छ।

  • २३ पुष २०८१, मंगलवार १९:२४ प्रकाशित

  • Nabintech