देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य : भीम रावल

  • नमस्ते कर्णाली

  • एमालेको कारबाहीमा परेका डा. भीम बहादुर रावलले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने घोषणा गरेका छन् । एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि डा. रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन् । मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त, इमानदार शक्ति एकताबद्ध हुनुपर्ने भन्दै रावलले स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अघि बढाउन आह्वान गरेका छन् । राजनीतिक दल र सिद्धान्त देशको सर्वोपरी हित पूरा गर्ने माध्यम र साधन मात्रै भएको भन्दै उनले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा जोडिन छरिएर रहेका शक्तिहरूलाई आह्वानसमेत गरेका छन् । ‘राजनीतिक दल, सिद्धान्त देशको सर्वोपरी हित पूरा गर्ने माध्यम र साधन मात्रै हुन् । देश सबैभन्दा माथि हुन्छ भन्ने धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ । राजनीतिक दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित, परिचालित र सञ्चालित हुनुपर्छ । यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रूपमा दृढताका साथ अगाडि बढ्नुपर्छ । यस्ता मान्यताहरूका आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ,’ रावलले भनेका छन् । पत्रकार सम्मेलनमा उनले अघिल्लो महाधिवेशनदेखि लिएर आफूलाई स्पष्टीकरण सोधिएको विषयसम्मलाई लिएर ओलीमाथि प्रश्नको वर्षा गरे । प्रश्न उठाउँदा कारबाही गरेको, सत्ताको मोहमा रमाएको, जनतालाई गुमराहमा राखेको, बेलगाम भ्रष्ट आचार देखाएको, सामूहिक पार्टीलाई एकलौटी बनाएको जस्ता आरोप लगाउँदै रावलले अध्यक्ष केपी ओलीमाथि प्रश्नैप्रश्न गरेका छन् । ‘एकल र सर्वसम्मत सिफारिस भएर पनि प्रतिनिधिसभाको सदस्यको उम्मेदवारबाट बन्चित गर्ने, निर्वाचित सदस्य रहेको वेला अछाम जिल्ला कमिटीको बैठकमा नबोलाउने, भीम रावललाई भेटेमा नम्बर काटिन्छ, योजना पाइँदैन भनी प्रचार गर्ने, पार्टीका कार्यक्रममा सहभागी हुन नदिनेजस्ता शत्रुवत् व्यवहार तपाईं केपी ओली नेतृत्व गुटको निर्देशनमा नै भएका होइनन् र रावलका् प्रश्न छ ।

  • १८ पुष २०८१, बिहीबार १२:४२ प्रकाशित

  • Nabintech