मुगु। मुगुमा कोभिड-१९ विरुद्धको खोप उत्साजनक रुपमा सम्पन्न भय संगै तर जिल्लामा खोप भने अपुग भयको छ।
जिल्ला कोभिड-१९ खोप अनुगमन तथा समन्वय समितिको निर्णय र राष्ट्रिय खोप केन्द्रको कार्यतालिका अनुसारजिल्ला अस्पताल मुगुमा कोभिड-१९ विरुद्धको खोप अभियानको सुरु गरियको थियो।
मुगुमा खोप अभियान पहिलो चरणमा मिति २०८१ कार्तिक २८ देखि ३० गते सम्म (मुगुम कार्मारोङ) र दोस्रो चरणमा२०८१ मंसिर १ देखि ३ गते सम्म छायाँनाथ रारा नगर पालिका, सोरु गाउपालिका र खत्याड गाउपालिकामा खोपअभियान तयारी गरिएको थियो सोहि तालिका अनुसार सम्पन्न भयसङ्गै सर्बसाधारण उत्साही भयका छन।
लक्षित समूहका १२ बर्ष भन्दा माथिका रोग प्रतिरोध क्षमता कम भयका बालबालिका,बयस्क,जेष्ठ नागरिक,स्वास्थ्य कर्मि,गर्भवति महिला,१२ बर्ष वा सो भन्दा माथिको उमेरका ब्यत्तिहरु लाई कोभिड-१९ खोप प्रदान गरियको र सबै खोपकेन्द्रमा सबैको पहुँच हुनेगरी प्रत्येक ब्यक्तिलाई कोभिड-१९ खोप गुणस्तरीय, सुरक्षित र सर्बसुलभ खोप, सेवा प्रदानगर्ने योजना अनुरुप खोप सम्पन्न भयको स्वास्थ्य सेवा कार्यालय मुगुका खोप सुपरभाईजर निरीक्षक महेश बहादुरबुढाले बताय।
बुढाका अनुसार खोप अभियानमा समुदायका मानिसहरको उत्साहजनक सहभागिता रहेको र खोपको अत्याधिकमागको कारण तथा खोपको सिमितताको कारण ले कही ठाँउमा चिट्ठा हालेर खोप लगाउने व्यक्तीको निर्धारण समेत गरिएको थियो जिल्ला बाट २०००० डोज माग भएकोमा माथिल्लो निकाय बाट ११००० डोज मात्र खोप प्राप्त भएकाले माथिल्लो निकाय बाट यो आर्थिक बर्षमा खोपको माग लाई पूर्ती गर्ने गरि फेरी १ पटक खोप अभियान हुनु पर्नेमा जोड दिय।
मुगुम कार्मारोङ गाउपालिकामा १२००,छायानाथ रारा नगरपालिकामा ४८३९,खत्याड गाउपालिकामा ३९२६,र सोरुगाउपालिकामा ११३४ खोप लगाईयको थियो।सोहि अनुरुप जिल्लामा थप ८००० देखी १०००० खोप खपतहुने अपेक्षागरीएको छ।