मुगु। बुधबार एक कारुणिक दृश्य देखियो । जुन दृश्य मुगु जिल्लाको पश्चिम् खत्याड गाउँपालिका–४ माझचौर भन्नेस्थानमा थियो । एउटा स्टेक्चरमा ४ – ५ जना अधबैंसे महिलाले बिरामी बोकेर माझचौर स्थित एक निजि औषधिपशल तर्फ लग्दैथिए । उनिहरु गाउँपालिकाकै वडा नम्बर– ३ माथी खर्कगाउँका स्थानीय महिला थिए ।
खत्याड गाउँपालिका–३ माथिखर्क गाउँकि ७० बर्षकि पन्चा टमटा दमले थला परेर गाउँमा उपचार सम्भव नभएपछि उनलाई गाउँकै ४–५ जना महिला मिलि उपचारको लागि बोकेर औषधि पशल पुगाएर उपचार गराएका थिए ।
खत्याड–४ माझचौरमा देखिएको यो दृश्य बिरामी बोकेकी नजिकैको खर्कगाउँकि महिलाको हो ।
करिब डेढ घण्टाको पैदल दुरिमा रहेको यश गाउँदेखि ४– ५ जना महिलाले स्टेक्चरमा बिरामी बोकि उपचार गराउन मेडिकल पुग्नु सम्भवत जिल्लाको लागि पहिलो घटना हो ।
“उक्त दृश्य माझचौर मै स्टेसनरी पशल गर्दैआएका खत्याड–११ रातापानीका कमल कार्कीको आखामा ठोकियो उन्लेतस्बिर खिचे अनि फेस्बुकमा पोष्ट्गर्दै “यस्तो लेखछ्न देशको अवस्था यति सम्म भैसकेछ जबकी गाउँमा कोहिबुडापाका बिरा हुँदा पनि बोकेर स्वास्थ्य चौकी सम्म लिन बोक्नलाइ युवाहरू छैन्न; हुन त कसरी गाउँमा युवहरु बसुनरोजगारी छैन, श्रम गरेर खान पुग्दै काम गरेनी १/२ बर्ष सम्म ज्याला मिल्दैन; अनि कसरी गाउँमा बस्ने? कसरी परिवारपाल्ने? देशका ७५३ स्थानीय तहका वडा देखि केन्द्र सम्म भ्रष्टाचारि नेतालाई पालनपोषण गर्न सबै पार्टी लागिपर्ने, अनि कसरी देश अगाडि बड्ला अबको एक बर्ष पछि गाउँमा युवा देखियो भने कि त्यो नेताको गुलाम हो; कि त अशक्तछ भनेर बुज्दा हुन्छ । अनि बुडापाका घरभित्रै मरेर कुहिने अवस्था हुन्छ । के बिजोक देख्नु यी आँखा;! भनेर मार्मिकशब्द लेख्छ्न” ।
खत्याड गाउँपालिका–३ माथिखर्क गाउँकि ७० बर्षकि पन्चा टमटा दमले थला परेर गाउँमा उपचार नभएपछि उनलाईगाउँकै ५ जना महिलाले बोकेर औषधि पशल पुगाएर उपचार गराएकी छ्न ।
यस बिषयमा उनका छोरा चन्द्र बहादुर बिकलाइ फोन गरि बुज्दा उनी भन्छ्न; म माझचौरमा पशल गरेर बस्छु; घरमाआमा दमले थलापरेरको थापएपछी आमाको उपचारको लागि घर गए; । गाउँमा युवाहरू कोहि छैन्न सबै रोजगारीकोलागि भारत तिर गएका छ्न; । उनले दुखेसो सुनाए; बिरामी आमालाई एक्लै बोक्न सम्भव नभएपछि गाउँकै महिलादिदिबहिनीहरुले बोकेर मेडिकल पुगाए ।
यति मात्रैहोइन आमाको उपचार पछि पुन: डेढघण्टा महिलाहरूले नै बोकेर घरमै पुगाएको छोरा चन्द्रबहादुरले बताए ।“यो कुनै रहर नभएर बाध्यता हो” उनले थपे; ६० घरधुरी रहेको माथीखर्क गाउँमा दलित बस्ति यतिबेला युवा बिहिनजस्तै छ;” ।
खर्क गाउँमा मत्रैहोइन दशै तिहार र कात्तिकको काम सकेर युवाहरू मज्दुरिकालागि भारततिर पशे मुगुका दर्जनौं गाउँबस्ती युवाबिहिन जस्तै बनेकाछ्न ।
आज गाउँमा यस्तै दर्दनाक अवस्था छ; राज्य कानमा तेल हालेर बसेको जस्तै महसुस स्थानीयले गरेका छ्न ।