मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१ मा छायाँनाथ रारा नगरपालिको आर्थिरक सहयोगमा निर्माण गरिएकोनवनिर्मित जिल्ला आँखा अस्पताल भवनको आज एक कार्यक्रमका बीच नगर प्रमुख बिष्णु कुमार भामले औपचारिकरुपमा नेत्र ज्योति संघ जिल्ला शाखालाई हस्तान्तरण गरेका छन् ।
नगर प्रमुखले नवनिर्मित भवन नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्ललाई भवन हस्तान्तरणगरेका थिए ।
नगर प्रमुख भामले स्थानिय सरकार को दाहित्व भयको नाताले विभिन्न आर्थिक विकासमा सहयोग गर्दै आएको र अझै आवश्यक सहयोग गर्ने बताए ।
हिमालि जिल्ला हुम्लाको तल्लो भेग,जुम्लाको सिंजा लगायत मुगुको सिमा जोडीयका दुर्गम भेगका जनताले हाल सम्म सेवा पायको र अब बन्ने नयाँ भवनमा अस्पताल सञ्चालन भएपछि आँखाको उपचारमा सहजता पाउने कुराले आफूनिकै खुशी भएको र नयाँ भवनमा चाहीने आवश्यक मेसिन हरुको दात्री निकाय हरु संग आवश्यक सहयोगको माग समेत गर्ने नेपाल नेत्र ज्योती संघका केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताय।
नगर पालिकाको रु ५६ लाख ३३ हजार ७ सय ८८ रुपैयाको लागतमा नव निर्मित दुई तला रहेको भवन २०८१ बैशाख १२ मा अबिनास निर्माण सेवा संग सम्झौता भयको थियो। सम्झौता अनुसार भवन निर्माण कार्य सम्पन्न भइसकेकाले नेपाल नेत्र ज्योती संघ मुगुलाई हस्तान्तरण गरेको नेपाल नेत्रज्योति संघ मुगुले जनाएको छ ।
बिहबार एक कार्यक्रमका बिच सभा अध्यक्ष वडा नं १ का वडा अध्यक्ष पदम राज मल्ल, प्रमुख अथिती नगर प्रमुख बिष्णु कुमार भाम बिषेश अथिति पुर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्ल, उपप्रमुख ऐश्वर्य मल्ल,नेपाल नेत्र ज्योती संधका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्ल,सहायक प्रमुख जिल्ला अधिकारी लगायत बिभिन्न पार्टी प्रतिनिधी स्थानिय बुद्दीजीबी को बाख्लो उपस्थिती रहेको थियो।
सोहि आखाँ अस्पतालमा अर्को नयाँ सुबिधा सम्पन्न भवन समेत निर्माण गरियको छ। जसमा छायाँनाथ रारानगरपालिका र आई केयर फाउन्डेसन को संयुक्त आर्थिक सहयोगद्वारा निर्माण गरियको छ।