नेपाल खेलकूद महासंघ बैजनाथ गाउँपालिको प्रथम भेलाले सुरेन्द्र बिकको अध्यक्षतामा ११ सदस्यीय नेपाल खेलकुद महासंघ पालिका स्तरीय कार्यसमिति चयन गरेको छ । भेला भब्यतााका साथ सम्पन्न भएको छ । भेला महासंघका जिल्ला कमिटी अध्यक्ष होम सुनारको अध्यक्षतामा नेकपा एमाले बैजनाथ गाउँपालिका कार्यालयमा सम्पन्न भएको थियो । नेपाल खेलकूद महासंघ स्थाई कमिटी सदस्य साथै नेपाल खेलकूद महासंघ लुम्बिनी प्रदेश ईन्चार्ज कृष्णा पाठकको प्रमुख आतिथ्यतामा सो भेला सम्पन्न भएको हो । भलामा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा पुर्व सिंचाई राज्यमंत्री दलबहादुर सुनारको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी पाठकले शारीरिक तथा मानसिक स्वास्थ्यको लागि बच्चादेखि बृद्धाहरुले खेल खेल्न अपरिहार्य रहेको बताइन । पाठकले भनिन्, ‘ युवाहरुको लागि आफू र देशको नाम बिश्वस्तरमा चिनाउन खेल ,खेलाडी तथा खेलसंग संम्वन्धित व्यक्तिहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । नेपाल खेलकूद महासंघले त्यसको अगुवाई गरिरहेको छ र तपाईहरु पनि अगुवाई गर्न सधै तयारी अवस्थामा रहनु पर्छ ।’ नेकपा एमालेले चलाएको मिसन ८४ अभियानलाई सफल पार्नको निम्ति वडादेखि पालिका र जिल्लामा खेलका विधा अनुसारका कमिटी निर्माण गरी खेलकूद प्रतियोगिताहरु गर्दै समग्र खेलडीहरुलाई नेपाल खेलकूद माहासंघमा समाहित गराउँदै लिन पूर्वमन्त्री समेत रहेका दल बहादुर सुनारले आव्हान गरे । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी बाँकेका उप–सचिव किशोर थापा, एमाले जिल्ला कमिटी सदस्य यज्ञ पुन, एमाले बैजनाथ पालिका कमिटी अध्यक्ष मानबहादुर खत्री लगायतका वक्ताहरुद्वारा शुभकामना मन्तव्य राखेका थिए । भेलाबाट नव गठित कमिटीमा ओमबहादुर मगर उपाध्यक्ष, भरत परियार सचिव, सीताराम खत्री उप–सचिव, मनीष सुनार कोषाध्यक्ष रहेका छन् भने सदस्यहरुमा मनिषा कुमारी रेग्मी, सन्जु सुनार, निराजन थारु तिलक खत्री ,सरोज सुनार, हेमराज बिक सर्वसम्मत चयन भएका हुन ।