प्रसुति सेवामा सहजताका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

  • नमस्ते कर्णाली

  • वान हार्ट वल्डवाईड र पाचतारा युवा संरक्षक मंच जाजरकोटको साझेदारीमा संचालित ‘‘स्थानीय सरकारसँगको साझेदारीमा” मातृ तथा नवजात शिसु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना अन्तरगत स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । जाजरकोट जिल्लाको कुशे, छेडागाड र जुनिचादे नगरपालिकाका, ढिमे, पैंक,दह, साल्मा र सुवानाउली स्वास्थ्य चौकिहरुमा ९ लाख ५० हजार मुल्य बराबरका विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ । यो परियोजना २०२४ मे देखि जाजरकोट जिल्लाभर लागु भएको हो । यो परियोजनाले स्वास्थ्य संस्थाको गुणस्तरीय सेवा प्रवाहमा काम गर्दै आइरहेको छ । स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्ने,जनशक्तिको क्षमता अभिवृद्घिमा काम गर्ने,मानवीय सहायता,प्रसुति गृह मर्मत तथा निर्माण जस्ता कार्यमा सहयोग गर्दै आएको छ । वान हार्ट वल्डवाईड मुख्यतया आमा र बच्चाको स्वास्थ्यमा काम गर्ने संस्था हो । नेपालका दुर्गम पहाडी जिल्लाहरुमा राम्रो स्वास्थ्य संस्था र विशेषज्ञ चिकित्सकहरुको अभावमा प्रत्येक वर्ष सुत्केरी आमा तथा नवजात शिशुहरुको मृत्यु हुने गरेको पाइन्छ ।

  • ६ पुष २०८१, शनिबार २०:०२ प्रकाशित

  • Nabintech