मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा विद्युतदेखि खानेपानी र इन्टरनेट अनियमित हुँदा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ । नियमित नहुँदा र छायाँनाथ रारा नगरपालिकाका १ देखि १४ वडासम्मका गरी ३,२०० घरधुरीमा विद्युत सेवा अनियमित हुँदा स्थानीयले दैनिक सास्ती भोग्नुपरेको छ । छायाँनाथ रारा नगरपालिका–१ का स्थानीय समाजसेवी नृपेन्द्र बहादुर मल्लले गएको साता देखि जिल्लामा विद्युत, खानेपानी र इन्टरनेट अनियमित हुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको बताए । उनले भने, ‘सदरमुकाम गमगढी बजारमा इन्टरनेट राम्रोसँग नचल्दा सञ्चारकर्मी प्रत्यक्ष मारम परेको उनले गुनासो गरे । यता छायाँनाथ रारा नगरपालिका–७ का पंच बहादुर रावलका अनुसार जिल्लामा विद्युत नियमित नहुँदा यहाँका स्थानीय व्यापारीले एक प्रती फोटोकपी गरे बापत २० रुपियाँ लिने गरेका छन् । नेपाल विद्युत प्राधिकरण मुगुका कार्यालय प्रमुख साजन ऐडीका अनुसार नाग्म गमगढी ३३ केभीको लाईन निर्माण व्यावसायी श्री दावाँ सिं जेभीले मर्मत गर्न लागेकोले विद्युत सेवामा अनियमित हुनगएको हो । पुस ४ गते सम्म उक्त निर्माण व्यावसायीले मर्मत कार्य सम्पन्न गरेपछि पुस ५ गतेबाट जिल्लामा नियम विद्युत सञ्चालनमा आउने उनले बताए । यता नेपाल टेलिकम शाखा कार्यालय मुगुका प्रमुख देवराज आचार्यका अनुसार जिल्लाको इन्टरनेट सेवामा दुईवटा प्रविधिले सञ्चालन हुँदै आएको छ । फाइपयमविपियस र फोजी । उनले भने, जिल्लामा दुइटा फोजीका टावरमा विद्युत जडान भएकोले उक्त टावरमा व्याकप पावर नहुँदा हिजोआज विद्युत अनियमितका कारणले गर्दा राम्रोसँग काम नगरेको हो ।