नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा नवीन गिरीसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार भएको निर्वाचनको शनिबार बिहान सम्पन्न गरिएको मतगणनाको अन्तिम परिणाममा गिरी ४८ मतान्तरका साथ बाँकेको अध्यक्षमा निर्वाचित भएका हुन । गिरीले ११८ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्वन्द्वी पे्रस सेन्टरका प्रदिप वाग्लेले ७० मत प्राप्त गरे । त्यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार विश्वराज पछल्डङ्याले १८ मत प्राप्त गरेका छन् । निर्माचनमा वरिष्ठ उपाध्यक्षमा तिलक गाउँले र रेजिना मल्लले बराबर १०२/१०२ मत प्राप्त गरेर आधा आधा कार्यकाल सम्हाल्ने सहमति गरेका छन् । यसैगरी, महिला उपाध्यक्षमा एक मतले सावित्रि गिरीलाई पराजित गरेर करुणा शाह विजयी भइन् । शाहले १०२ मत प्राप्त गर्दा गिरीले १०१ मत प्राप्त गरिन् । सचिवमा कृष्ण ओलीले १०७ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी शकील अहमद कादरीले ९७ मत प्राप्त गरे । कोषाध्यक्षमा सुनिल रेग्मीले १२२ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी बिजय मल्लले ८३ मत ल्याए । सहसचिवमा रबिन्द्र सिंह ठकुरी र भगतराम थारू तथा कार्यसमिति सदस्यहरूमा रजनी योगी, आशा परियार, निर्मला चौधरी, यदुराज मिश्र, सलामत अलि शेष, पहल बहादुर केसी, सम्भु थारू, कृष्णराज अधिकारी, रबिन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सबित्रि बिश्वकर्मा, सजन आरसी र धना बिष्ट बिजयी भएको निर्वाचन समितिका प्रमुख शरण कर्माचार्यले जानकारी गराए । महासंघको बाँके शाखामा जम्मा मतदाता सङ्ख्या २४२ रहेकोमा २१८ मत खसेको थियो भने शुक्रबार राति ९ बजेबाट मतगणना सुरु भएको थियो ।