पर्यटन प्रवद्र्धनका नाममा दाङका नौ पालिकामा साढे सात करोड लगानी

कार्यालय बिघटन हुनै लाग्दा बजेट बाँडफाँडमा मनपरी


  • नमस्ते कर्णाली

  • लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मा घरेलु तथा साना उद्योग कार्यालय दाङको नाम उद्योग तथा पर्यटन कार्यालय दाङ पनि भएको छ । पर्यटन डिभिजन कार्यालय रुपन्देही र पर्यटन डिभिजन कार्यालय बाँकेलाई खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ तर दाङका लागि विनियोजन भएको पर्यटनको बजेट कार्यान्वयन भने पर्यटन डिभिजन कार्यालय बाँकेले नै गर्ने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका निमित्त प्रमुख सन्तोष सुवेदीले उद्योेग तथा पर्यटन कार्यालयको नाममा ओएनएम पास भए पनि बजेट नआएकोले पर्यटनसम्बन्धी बजेटको काम पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले नै गरिरहेको बताए । पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका प्रमुख टंक खनालले घरेलु तथा साना उद्योग कार्यालयले नै पर्यटनको काम गर्ने निर्णय भए पनि यो वर्ष कार्यान्वयन नभएको जानकारी दिऐ । लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका प्रवक्ता गणेश घिमिरेले यो आर्थिक वर्षमा पुरानै आर्थिक वर्षको भुक्तानी बाँकी रहेकाले कार्यालय नसारिएको बताउँदै अर्को आर्थिक वर्षबाट दुईवटा पर्यटन कार्यालय नरहने तथा पर्यटनको काम घरेलु तथा साना उद्योग कार्यालयमार्फत हुने बताए । पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले यस वर्ष पर्यटनसम्बन्धी दाङका मात्रै ६१ ठाउँमा काम गर्दैछ । सात करोड ३४ लाख बजेट जिल्लाको पर्यटन क्षेत्रमा विनियोजन भएको पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले जानकारी दिएको छ । कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिकामा त्रिसिद्धेश्वरी मन्दिर पूर्वाधार निर्माण (अधुरो) लागि ३० लाख बजेट छ । तकसेरा समाज सांस्कृतिक भवन निर्माण तुलसीपुर–४ का लागि १८ लाख रुपैयाँ बजेट छ । ऐतिहासिक छिल्लीकोट र कालिका मन्दिर संरक्षण तुलसीपुर–१९ र भैरव गुफा तथा नरसिङ भेराम मन्दिर निर्माण तथा व्यवस्थापन तुलसीपुर–३ का नाममा १५÷१५ लाख तथा क्रान्ति संग्रहालयको पूर्वाधार निर्माण तुलसीपुर–१९ संक्राम, कौवापुर शिव मन्दिर तुलसीपुर–१२, देवस्थल मन्दिर व्यवस्थापन तुलसीपुर–१२, बाघ बाहिनी दुर्गा भगवती मन्दिर तुलसीपुर–१०, मगर गुम्बा पूर्वाधार निर्माण तुलसीपुर–५, धनञ्जय गोत्रीय मन्दिर निर्माण गणेशपुर–७ र नवदुर्गा ग्रीन पार्कमा पूर्वाधार निर्माण तुलसीपुर–९ का लागि १० लाखका दरले बजेट बिनियोजन गरिएको छ । यस्तै मष्टकला संरक्षण केन्द्रको पूर्वाधार निर्माण तुलसीपुर–७ का लागि आठ लाख तथा भयारथान संरक्षण तुलसीपुर–४ वनहरी, भयारथान संरक्षण तुलसीपुर–१५ गब्दहवा, मोतीपुर थारुगाउँ भयार थान संरक्षण तुलसीपुर–११, कटकुइया भयारथान संरक्षण तुलसीपुर–८, कोठरी शिव मन्दिर तुलसीपुर–१५, दमारगाउँ सत्संग पूर्वाधार निर्माण तुलसीपुर–३, भयारथान संरक्षण तुलसीपुर–७ बम्नै, भयारथान संरक्षण बरुवागाउँ‘ तुलसीपुर–६, शिव मन्दिर संरक्षण खर्चवा तुलसीपुर–७, वन कटुवा भयारथान संरक्षण तुलसीपुर–६ र सत्संग भवन निर्माण बेलुवा तुलसीपुर–९ पशुपति टोललाई सात लाखका दरले बजेट विनियोजन भएको छ । यसैगरी घोराही उपमहानगरपालिकामा धारापानी पाण्डवेश्वर मन्दिर धार्मिक पर्यटकीय पूर्वाधार निर्माण घोराही–५ मा ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने शिवपुर पर्यटन पूर्वाधार निर्माण घोराही–११ मा ३० लाख, गोरक्ष रतननाथ धार्मिक क्षेत्र पूर्वाधार निर्माण र बाह्रकुने दहमा बहुउद्देश्यीय पार्क निर्माणमा २०÷२० लाख रुपैयाँ बजेट छ । गढिटाकुरा देवस्थान भौतिक संरचना निर्माण घोराही–१२ र ढिकपुर ड्याम क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण घोराही–१७ मा १५ लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ । त्यस्तै महामृत्युन्जय गोरखनाथ धाम चौपट्टा पर्यटकीय क्षेत्र निर्माण वडा नम्बर ३, जस्पुरकोट भगवती मन्दिर पुननिर्माण वडा नम्बर ४, मौलाकोटमा पिकनिकस्थल निर्माण वडा नम्बर १३, गणेश सुधार समिति मन्दिर परिसर पूर्वाधार निर्माण वडा नम्बर १५ एकान्तटोल, ऐतिहासिक बराहक्षेत्र वासुदेव स्थान नरैना मन्दिर संरक्षण घोराही–९, बलिदान चर्चको स्तरोन्नति घोराही–२, राधाकृष्ण एवं ज्येष्ठ नागरिक संरक्षण संस्थाको कम्पाउन्ड वाल सहित गेट निर्माण घोराही–१७, कृष्ण मन्दिर क्षेत्रमा पार्क तथा योग भवन निर्माण घोराही–१३ र झिंगटी लेक पार्क पूर्वाधार निर्माण घोराही–१८ मा १०÷१० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ । सानो रत्ननाथ मन्दिर चौघेरा संरक्षण तथा संरचना निर्माण घोराही–१७ मा नौ लाख रुपैयाँ बजेट छ ।

  • ३० मंसिर २०८१, आईतवार ०८:३४ प्रकाशित

  • Nabintech