कर्णालीमा पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण गरिँदै

  • नमस्ते कर्णाली

  • सुर्खेत । कर्णाली प्रदेश सरकारले पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण गर्न लागेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर पदमार्ग निर्माणको योजना अघि सारेको हो । सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र अवलोकनका लागि पदमार्ग निर्माण गर्न लागिएको बताइएको छ । निजी क्षेत्र समेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पदमार्ग निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आवमा सुर्खेत उपत्यका उत्तरी क्षेत्रमा रहेका कट्कुवा, लादे, गोठीकाँडा तथा सिद्धपाइला क्षेत्रमा पुग्न पदमार्गका रूपमा विकास गर्न लागिएको हो । निजी क्षेत्र समेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा पदमार्ग निर्माण गर्न लागिएको प्रदेश सरकारले जनाएको छ । चालु आवमा सुर्खेत उपत्यका उत्तरी क्षेत्रमा रहेका कट्कुवा, लादे, गोठीकाँडा तथा सिद्धपाइला क्षेत्रलाई समेटेर पदमार्गका रूपमा विकास गर्न लागिएको हो । करेखोलादेखि सिद्धपाइलासम्म पदमार्ग निर्माणका लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरिएको मन्त्रालयका सूचना अधिकारी नीरज श्रेष्ठले बताए । यो कामका लागि उपत्यकाका उत्तरी क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । वीरेन्द्रनगरबाट दैनिक रूपमा मानिस उक्त स्थानमा घुम्न जाने गरेका छन् । उपयुक्त पदमार्ग नहुँदा नागरिकले सास्ती पाइरहेका छन् । सोही कुरालाई हेरेर सरकारले पदमार्ग निर्माण गर्न लागेको हो । स्थानीयस्तरमा उपलब्ध वस्तुको प्रचारप्रसार गर्ने उद्देश्य राखिएको छ । कर्णाली प्रदेश सरकारले नागरिकका आधारभूत आवश्यकतासँगै पर्यटन प्रवद्र्घनको विषय पनि प्राथमिकतामा राखेर उठान गरेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्वका पर्यटकीय स्थलको पहिचान, प्रवद्र्घन तथा संरक्षणमा जोड दिइएको छ । पहिचान गरिएका पर्यटकीय स्थलको संरक्षण तथा पुनर्निर्माण गर्न प्रदेश सरकारबाट बजेट पनि बिनियोजन गरिएको जनाइएको छ ।

  • २४ मंसिर २०८१, सोमबार ०९:२३ प्रकाशित

  • Nabintech