मुख्यमन्त्रीद्धारा गाउँ फर्क अभियान चलाउन आग्रह

विकास गाउँ पुग्दा मानिस शहर केन्द्रित


  • नमस्ते कर्णाली

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका क्षेत्रमा विकास गाउँ केन्द्रित भइरहँदा मानिसहरु शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘‘गाउँ फर्क’’ अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरु पुर्याइरहेको सन्दर्भ केलाउँदै मुख्यमन्त्री आचार्यले तर मानिसहरुको बसोबास शहरकेन्द्रित भएकाहरु अब गाउँ फर्कन जरुरी रहेको तर्क गरे । मालारानी गाउँपालिका–२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ती महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुविधाकै लागि शहर पसेकाहरु अव गाउँ फर्कनुपर्ने धारणा राखेका हुन । मुख्यमन्त्री आचार्यले भने, ‘हामीले गाउँमा विकास पुर्यायौं, सुविधा पुर्यायौं । अहिले त्यही सुविधाका लागि शहर पसेकाहरु गाउँ फर्कन जरुरी छ । अब राम्रो स्कुलमा पढाउनकै लागि शहर पस्नुपर्ने, घरमा ताला झुण्ड्याउनुपर्ने अवस्था छैन् । यही गाउँमा पनि धेरै गर्न सकिन्छ । अब गाउँ फर्किएर उद्यम गर्न जरुरी छ ।’ गाउँ फर्क अभियानलाई राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाहरुले उदाहरण बनेर देखाउनुपर्ने समेत मुख्यमन्त्रीको धारणा थियो । ‘राजनीतिक दलका कार्यकर्ता पनि अब उद्यममा जोडिएर व्यावसायिक बन्नुपर्छ । विदेशमा जत्तिको कमाइ स्वदेशमा बसेर पनि गर्न सकिन्छ’आचार्यको भनाइ छ । अब दलका कार्यकर्ताहरु उत्पादनसँग जोडिनैपर्छ । आफैले उदाहरण पेश नगर्दासम्म समाजको विश्वास जित्न सकिदैन ।’ सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गुणस्तर सुधार गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने बताए । उनले भने, ‘रिजल्ट सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हँुदैन । यसमा अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय, जनप्रतिनिधि सबै साझा रुपमा अघि बढ्नसक्नुपर्छ । गत वर्षको एसइइको नजिता सन्तोषजनक भएन । यसपालिको नजिता सुधार गर्ने बारेमा सबै चिन्तित र संवेदनशील बन्नैपर्छ ।’ सुधारको लागि प्रदेश सरकारको तर्फबाट कहाँ के गर्नु पर्ने हो भन्नोस् हामी सबै तयार छौं ।’

  • २४ मंसिर २०८१, सोमबार ०९:११ प्रकाशित

  • Nabintech